सहारा नेपाल साकाेस चारपानेद्वरा संचालित गरिबी निवारण कार्यक्रम अन्तरगत घैलाडुबबा सेवा केन्द्र कि समुह नं 035 कि जीवन बर्दान सदस्य राेमा राजबंशिकाे पक्षघात भई बिर्ता सिटि अस्पताल मा उपचारकाे क्रममा निधन भएकाे थियाे।वहाकाे उपचार समेत साकाेषले  गरेकाे थियाे तर बचाउन भने सकेकाे थिएन ।

जीवन बर्दान कार्यक्रम मा सहभागी सदस्यहरूले जीवन बर्दान काेषमा याेगदान गरे बापत कार्य विधि अनुसार  उपचार सुबिधा संगै सदस्य काे निधमा  परिवार राहात रकम समेत परिवारले प्राप्त गर्ने गरेकाे छ । साेहि बमाेजिम अाज एक कार्यक्रम गरि सेवा केन्द्र काे उप समिति संयाेजक दिब्यशाेरा उप्रेती ले मृतक सदस्य काे श्रीमान महादेब राजबंशिलाई रू 1 लाखकाे चेक हस्तान्तरण गर्नु भएकाे छ ।

उक्त रकम हस्तान्तरण कार्यक्रम मा संयाेजक उप्रेती ले सहारा साकाेष अाम सदस्य काे हितमा काम गर्ने संस्था भएकाे र कसैले पनि यसकाे सदस्य भएर पछुताउनु  नपर्ने र  जहिले पनि सदस्य काे हितमा काम गर्ने  जानकारी गराउनु भएकाे छ ।।भने राहात प्राप्त गर्ने राजबंशिले श्रीमती गुमाएर पिडामा रहेपनि उपचारकाे ब्यवस्थापन देखि राहात सम्म पनि संस्था बाट दिएकाे मा अभिभावककाे रूपमा सहयाेग पाएकाे  जनाएका छन् ।।कार्यक्रमकाे सहजिकरण तथा  जीवन बर्दान कार्यक्रम काे बिषयमा सेवा केन्द्र प्रमुख निर्मला प्रसाईं ले प्रकाश पर्नु भएकाे थियाे ।