तेह्रथुमको आठराई गाउँपालिकाले जिल्ला कारागार तेह्रथुममा रहेका कैदीबन्दिहरूका लागि भलिबल प्रदान गरेको छ ।
बिहीबार पालिका अध्यक्ष दिल कुमार पाहिमले कारागारमै गइ ३ थान भलिबल प्रदान गर्नुभएको हो ।
कारागार भित्र सानो ठाउँ भएको र उक्त ठाउँलाइ सदुपयोग गर्दै खाली समयमा भलिबल खेल्दै कैदि बन्दीहरुको शारिरीक तथा मानसिक अवस्था स्वास्थ्य होस भन्ने उद्येस्यका साथ भलिबल प्रदान गरेको पाहिमले बताउँनुभयो ।
कारागारमा रहेका कैदी बन्दीहरूले बॉसका विभिन्न सामाग्रीहरू समेत बनाउँने गर्दछन ।
जिल्ला कारगारमा अहिले ६७ कैदि र ३४ थुनुवा रहेका छन।































































