(तेह्रथुम) नबिल बैक लिमिटेड फेदाप शाखा तेह्रथुमले “ग्लोबल मनी विक २०२५” को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘Think before you follow, wise money tomorrow’ भन्ने नारासहित  शुक्रबार फेदाप गाउँपालिका १ सिम्ले पोक्लाबाङमा  रहेको जनज्योती माध्यमिक विद्यालयमा  वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।


उक्त कार्यक्रममा कक्षा ११ र१२ मा अध्ययनरत  विद्यार्थीहरू र प्र.अ.सहित शिक्षकहरूको उपस्थिति रहेको थियो ।

d231eb4d-29bb-47ef-a7bb-e262faf90a4a

बैकका शाखा प्रमुख धर्म प्रसाद सिटौलाले  वित्तीय साक्षरताले मानिसलाई आम्दानी गर्न, खर्च व्यवस्थापन गर्न र बचत गर्नका लागि सीप तथा ज्ञान प्रदान गर्ने भएकाले सबैलाई वित्तीय साक्षरता आवश्यक रहेको उल्लेख गर्नुभयो ।

बैक शाखाका कर्मचारीहरू निकेश प्रधान,अनमोल शिवाकोटी र अनुषा आचार्यले मोबाइल  बैकिङ,लोन तथा अन्य विषयमा जानकारी दिनुभएको थियो ।

विद्यालयमा वितिय साक्षरता सम्बन्धि कार्यक्रम सन्चालन गर्दै विद्यार्थीलाइ शुसुचित गराएकोमा खुसि  व्यक्त गर्दै प्रधानाध्यापक डिल्लिराज खनालले धन्यवादका साथ शुभकामना व्यक्त गर्नुभयो ।

ff04d8d8-330a-4abf-b969-f209b4ae7003

सन् २०१२ देखि १७६ भन्दा बढी मुलुकमा मनाइँदै आएको ग्लोबल मनी विक मुख्यतः किशोर–किशोरी तथा युवा–युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरूकता फैलाउने उद्देश्यले सञ्चालन गरिएको विश्वव्यापी अभियान हो ।नबिल बैक लिमिटेडले यस अभियानलाई आफ्ना शाखा कार्यालयहरु मार्फत देशैभर विस्तार गर्दै वित्तीय साक्षरताको पहुँच बढाउने लक्ष्य लिएको छ ।

अन्तर्राष्ट्रिय रुपमा हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विक बैंकले चैत ४ देखि १० गतेसम्म साताव्यापी “Think before you follow, wise money tomorrow” नारासहित सञ्चालन गरिरहेको छ ।

63b54041-1425-47b2-a77b-8ceca832de54