(तेह्रथुम) नबिल बैक लिमिटेड म्याङलुङ शाखा तेह्रथुमले “ग्लोबल मनी विक २०२५” को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

‘Think before you follow, wise money tomorrow’ भन्ने नारासहित आइतबार  म्याङलुङ नगरपालिका १० मा रहेको  म्याङलुङ क्याम्पसमा वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

IMG-20250323-WA0001

उक्त कार्यक्रममा म्याङलुङ क्याम्पसमा स्नातक तहमा अध्ययनरत ५० बढी विद्यार्थी र शिक्षकहरूको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण नबिल बैल म्याङलुङ शाखाकी कर्मचारी रीया खत्रीले गर्नुभएको थियो भने शाखा प्रमुख भरत भारतीले कार्यक्रमको बारेमा प्रष्ट पार्नुभएको थियो ।


कार्यक्रममा बोल्दै भारतीले वित्तीय साक्षरताले मानिसलाई आम्दानी गर्न, खर्च व्यवस्थापन गर्न र बचत गर्नका लागि सीप तथा ज्ञान प्रदान गर्ने भएकाले सबैलाई वित्तीय साक्षरता आवश्यक रहेको उल्लेख गर्नुभयो ।

IMG-20250323-WA0002


सन् २०१२ देखि १७६ भन्दा बढी मुलुकमा मनाइँदै आएको ग्लोबल मनी विक मुख्यतः किशोर–किशोरी तथा युवा–युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरूकता फैलाउने उद्देश्यले सञ्चालन गरिएको विश्वव्यापी अभियान हो ।नबिल बैक लिमिटेडले यस अभियानलाई आफ्ना शाखा कार्यालयहरु मार्फत देशैभर विस्तार गर्दै वित्तीय साक्षरताको पहुँच बढाउने लक्ष्य लिएको छ ।

WhatsApp Image 2025-03-23 at 10.59.36_fbcd500e

अन्तर्राष्ट्रिय रुपमा हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विक बैंकले चैत ४ देखि १० गतेसम्म साताव्यापी “Think before you follow, wise money tomorrow” नारासहित सञ्चालन गरिरहेको छ ।

IMG-20250323-WA0006