झापा । पछिल्लो समय बिर्तामोडको शान्ति सुरक्षामा गम्भीर चुनौती थपिँदै गएको तीनवटा राजनीतिक दलका युवा संगठनले ठहर गरेका छन्। राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य खगेन्द्र आङ्दाम्वे तथा अन्य व्यक्तिहरू माथि भएको सांघातिक आक्रमणपछि पत्रकार सम्मेलन गर्दै उनीहरुले सो जानकारी गराएका हुन् ।

राष्ट्रिय युवा सङ्घ नेपाल बिर्तामोड नगर कमिटी अध्यक्ष रोहित ओली, तरुण दल बिर्तामोड नगर कमिटी सभापति रमेश चौधरी र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बिर्तामोड नगर कमिटी अध्यक्ष प्रिन्स शेखद्वारा संयुक्त विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षाको माग गरेका हुन् ।पछिल्लो समय बिर्तामोडको शान्ति सुरक्षामा गम्भीर चुनौती थपिँदै गएको तीनवटा राजनीतिक दलका युवा संगठनले ठहर गरेका छन्। राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य खगेन्द्र आङ्दाम्वे तथा अन्य व्यक्तिहरू माथि भएको सांघातिक आक्रमणपछि पत्रकार सम्मेलन गर्दै गत फागुन २६ गते राती नेता आङदेम्वेलगायत तीन जनामाथि सांघातिक आक्रमण भएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा बिर्तामोड ४ बस्ने खगेन्द्र खालिङ र उनकै भतिज दुर्गा राई पक्राउ परिसकेका छन् । अन्य केही फरार व्यक्तिहरुलाई चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै युवा संघका बिर्तामोड नगर कमिटी अध्यक्ष रोहित ओलीले घटनामा संलग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याई कठोर कारबाही गर्न माग गरेका छन् । गत फागुन २६ गते मध्यरातमा विर्तामोड नगरपालिका वडा नं. ४ भद्रपुर रोडमा युवा संघका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज आङदेम्वे तथा संघका विर्तामोड नगर कमिटी सदस्य विश्वदिप राजवंशी र अजय खवासमाथि आक्रमण भएको थियो ।

सांघातिक आक्रमणवाट घाइते बनेका आङदेम्वे हाल विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत छन् । उनलाई लागेको चोटको सफल शल्यक्रिया पश्चात् क्रमशः सुधारको क्रममा रहेको जनाइएको छ । राजवंशी ३ दिनको उपचारपश्चात् बीएण्डसी अस्पतालवाट डिस्चार्ज भएका छन् भने अजय खवास पनि ५ दिनको उपचारपश्चात् डिस्चार्ज भएका छन् ।