नेपाल विश्वमै स्वच्छ खानेपानीको स्रोत भएको देशमा पर्दछ। तर अहिले पनि पानीमा अम्लीय र छारीयपनको (पीएच)को मात्रा भएको पिउन अयोग्य पानी पिउन नेपाली बाध्य छन् ।
मानिसको स्वास्थ्यमा सबैभन्दा बढी रोगको संक्रमण पानीकै कारणले लाग्ने गर्दछ। यसैलाई मध्यनजर गर्दै सात वर्षअघि झापाली उद्योगीहरूले स्थापना गरेको सुनमाई स्प्रिङ वाटर अहिले विदेशसम्म निर्यात हुने अवस्थामा पुगेको छ । पीएचको मात्रा सही हुनु गुणस्तरीय पानीमा पर्दछ। सुनमाई स्प्रिङ वाटरले पहाडमा मूल फुटेर आएको पानीलाई प्रशोधन गरी बिक्री गर्दै आएको छ।नेपालमा ६.५ देखि ८.५ पीएच सम्म भएको पानी पिउन योग्य मानिन्छ। गुणस्तरीय पानी तीन प्रकारले उत्पादन गरिन्छ। प्रोसेस ड्रिङ्किङ वाटर मिनरल वाटर र स्प्रिङ ड्रिङ्किङ वाटर । सुनमाईले स्प्रिङ ड्रिङ्कङ वाटर उत्पादनलाई महत्व दिएको छ। जुन मूलबाट आएको पानी प्रोसेस गरेर बिक्री गरिन्छ। जसमा आवश्यक सबै प्रकारको तत्वको ग्यारेन्टी गरिएको हुन्छ।
हाम्रो लक्ष्य भनेको विदेशसम्म हाम्रो उत्पादनलाई पुर्याउनु हो। यसका लागि उद्योगलाई विस्तार गर्ने र प्रविधिको सुधार गर्ने कार्य अहिले पनि जारी रहेको सुनमाई उद्योगका सञ्चालक मिनप्रकाश मैनालीले बताएका छन्। विदेशमा पिउने पानीको बजार हिमाल र पहाडमा पानीको स्रोत नभएका मुलुक हुन् । अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि विदेशी कम्पनीहरूसँग कुरा भइरहेको सञ्चालक मैनालीले बताए, उनले भने हाम्रो उत्पादनका नमुनाहरू विदेशी कम्पनीले लगिसकेका छन् र केही समयपछि नै बजारको विस्तार हुने उनले जानकारी दिएका छन्। सायद यसै वर्षदेखि सुनमाईले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उत्पादन पुर्याउन सक्नेछ।
सुनमाई स्प्रिङ वाटर अहिले नेपालका सबै ठूला सहरमा बिक्री भइरहेको छ। स्प्रिङ वाटर स्वादिलो र स्वास्थ्य हुने भएकाले यसको माग स्वदेशमा बढ्दो क्रममा रहेको छ। २०० एमएल देखि १ लिटरसम्मका विभिन्न प्रकारका बोटलमा पानी बिक्री हुने गरेको छ। कम्पनीले बोटलको गुणस्तरका आधारमा मूल्य राखेको छ । जारमा समेत कम्पनीले पानी बिक्री गरिरहेको छ ।
पूर्वमा पहिलोपटक स्प्रिङ वाटर उत्पादन सुरु गरेको सुनमाईले प्रोसेसिङ र मिनरल भन्दा कयौं गुणा गुणस्तरीय हुने सञ्चालक मैनालीले दाबी गरेका छन्। अहिले विदेशीको माग पनि स्प्रिङ वाटर नै रहेको उनले जानकारी दिएका छन् । केही समयअघि झापाका २५ भन्दा बढी उद्योगको पानी परीक्षण गर्दा सुनमाई सबैभन्दा उत्कृष्ट भएको थियो। हाल ५५ जनालाई प्रत्यक्ष रोजगारी दिएको उद्योगले अन्तर्राष्ट्रिय बजारमा पानी जाने हो भने सयौंलाई थप रोजगारी दिन सक्ने मैनालीको दाबी छ ।


























































