तेह्रथुम-(तुलसी सिटौला) आठराई गाउँपालिकाले पन्ध्रौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि भइ पालिकालाइ तेस्रो स्थान दिलाउँन सफल आफ्ना विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

शनिबार छथरको शुक्रबारेबाट फर्केका विद्यार्थी खेलाडीहरूलाई गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका बिच खादा माला लगाई सम्मान गरिएको थियो ।

आठराई गाउँपालिकाले ६ स्वर्ण ४ रजत र ७ कास्य गरी जम्मा १७ पदका साथ जिल्लामा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।

उक्त कार्यक्रममा बौल्दै गाउँपालिका अधियक्ष दिल कुमार पाहिमले विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्नु पर्ने र तिनै खेलाडीले पालिका तथा जिल्लाको नाम देश भरी फैलाउँन सक्ने विश्वासका साथ विद्यालयहरूमा पालिकाले लगानी बढाउँदै जाने बताउँनु भयो । 

साथै विद्याथीहरूलाई उत्प्रेरणा दिदै पालिकालाई पदक दिलाउँन लाग्नुहुने सबै शिक्षकहरूलाई धन्यवाद व्यक्त गर्दै जिल्ला स्तरीय राष्ट्पति रनिङ शिल्डको आगामि १६औँ संस्करण आठराईमा सन्चालन गरिने जानकारी दिनुभयो ।