बिर्तामोड  ।। 

झापाको बिर्तामोड २ मा प्रथम चारपाने युनाईटेड भेट्रान नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।चारपाने युनाइटेड भेट्रान एफ सिको आयोजनामा फागुन १४ देखि  १७ गते सम्पन्न हुने प्रतियोगितामा नेपाल र भारतमा १४ वटा टिमको सहभागिता रहने चारपाने युनाइटेड भेट्रान फुटबल क्लबका अध्यक्ष माधव खरेलले बताए ।बेलडाागीको  बिर अम्बरसिह माबिको खेल मैदानमा हुने प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १ सय ५१ रुपैया पुरस्कार प्राप्त गर्ने छ भने उपबिजेताले ३१ हजार १ सय ५१ रुपैया  प्राप्त गर्नेछ  । प्रतियोगितामा आयोजकका दुई टिम रहने छन् भने तुर्केनी काँकरभिट्टा, धुलाबारी, चन्द्रगढी, उर्लाबारी, दमक लखनपुर, झिलझिले, दुधे, कनकाई, पूर्वेली, मदनपुर अर्जुनधारा, कटहरडाँगी बाह्रदशी भेट्रान क्लबको सहभागिता रहनेछ ।फाईनल खेल फागुन १७ गते हुँने छ ।

पत्रकार सम्मेलनमा उपस्थित बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रलाले बिर्तामोड नगरपालिकाले खेल क्षेत्रमा ठूलो लगानी गरेको बताए। उनले आगामी दिनमा समेत खेल क्षेत्रमा लगानी बढाउँदै जाने प्रतिबद्धता जनाएका छन्।

पत्रकार सम्मेलनमा बिर्तामोड वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेलले अबदेखि वडाले समेत रातो किताबमा योजनापारी प्रत्येक वर्ष भेट्रान फुटबल क्लबलाई छुट्टै रु.१ लाख रुपैयाँ छुट्याउने प्रतिबद्धता जनाएका छन्।युनाइटेड भेट ट्रान्सका उपाध्यक्ष केशवराज दाहालले प्रतियोगिता सम्पन्न गर्नका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका छन्। पत्रकार संमेलनमा क्लवका पदाधिकारी र सदस्यहरको उपस्थिती रहेको थियो ।।