बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा अर्जुनधारा नगरपालिका फाइनल पुगेसंगै उपाधिका लागि अर्जुनधारा र कन्काई नगरपालिका भिडने पक्का भएको छ।
डोमलाल राजवंशी रंगशालामा शनिबार सम्पन्न अन्तिम सेमिफाइनलमा भद्रपुर नगरपालिकालाई २-० गोलले पराजित गर्दै अर्जुनधाराले फाइनलमा कन्काइ नगरपालिकासंग भेट सुनिस्चित गरेको हो।
अर्जुनधाराको जितका लागि क्याप्टेन जेनिफर राना मगर र मेनुका आले मगरले एक एक गोल गरे ।
खेलको प्लेयर अफ दी म्याच अर्जुनधाराकी रेणु लिम्बु घोषित हुँदै नगद ५ हजार पाउन सफल भइन् ।
फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।