बिर्तामोड ।  झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा शिवसताक्षी नगरपालिकालाई १-० को झिनो अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

डोमलाल राजवंशी रंगशालामा सम्पन्न खेलमा भद्रपुरको  जितका लागि पहिलो हाफको बिसौँ मिनेटमा सुजता पालुङवाले गरेको गोल नै निर्णायक गोल बन्यो । 

खेलको प्लेयर अफ दी म्याच भद्रपुरकी सुजता पालुङवा घोषित हुँदै नगद ५ हजार पाउन सफल भइन् ।यस संगै प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ ।पहिलो सेमिफाइनल फागुन २ गते शुक्रबार कन्काइ नगरपालिका र मेचि नगर नगरपालिका बिच हुनेछ ।

दोस्रो सेमिफाइनल फागु ३ गते शनिबार अर्जुनधारा नगरपालिका र भद्रपुर नगरपालिका बिच हुनेछ ।

फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।