तेह्रथुमको आठराई गाउँपालिका ३ ह्वाकु मौलाडॉडामा पॉचौ श्रीजंग राय स्मृति खुल्ला पुरूष फुटबल प्रतियोगिता दोस्रो दिन पहिलो चरणका ४ खेल सम्पन्न भएका छन ।
बुधबार सम्पन्न पहिलो खेलमा सरस्वती मा.वि हिवाकूले आयोजक बि लाई १-० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
दोस्रो खेलमा लिसिबुङ्ग एफ सी ले जुरेफेदी एफ सी लाई १-० ले , तेस्रो खेलमा पेनाल्टि सुटआउटमा आ गा पा-४ लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । अन्तिम खेलमा निघुरादिन समयमा उपस्थिति नभएकाले आ गा पा -७ थोक्लुङ्गले नेट बल मार्फत खेलको दोस्रो चरणमा पुगेको छ।
इङनाम इवाहाङ युवा समाजको आयोजनामा माघ १ गते देखि शुरू भएको प्रतियोगिता ६ गते सम्म सन्चालन हुनेछ ।
प्रतियोगिताको तेस्रो दिन बिहीबार पनि पहिलो चरणका चार खेल हुनेछन ।
१४ टिम सहभागि रहेको प्रतियोगिताको विजेताले १ लाख ५ हजार १०८ र उपविजेताले ६५ हजार १०८ रूपैया प्राप्त गर्ने खेलकुद समिति अध्यक्ष सन्जय इङनामले जानकारी दिनुभयो ।