तेह्रथुमको फेदाप गाउँपालिका वडा नं २ ओयाक्जुङ हाङ्स्रोङमा माघ १ गते देखि शुरू भएको मझौ गुफा माघेनी मेला २०८१ खुल्ला पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधिका लागि फेदाप गाउँपालिका र आठराई गाउँपालिका भिड्ने भएका छन। 

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आठराई गाउँपालिकाले आयोजक सिंहदेवि युवा समाजलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । 

त्यस्तै दोस्रो सेमिफाईनलमा मादि नगरपालिका संखुवासभालाई ३-० को सेटमा पराजित गर्दै फेदाप गाउँपालिकाले फाइनलमा आठराईसंगको भेट पक्का गरेको हो ।

फाइनल खेल माघ ४ गते शुक्रबार दिनको १ बजे हुने आयोजकले जनाएको छ ।

सिंह देवि युवा समाजको आयोजनामा शुरू भएको मेलामा खुल्ला पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताका साथै वृहत सॉस्कृतिक कार्यक्रम समेत सन्चालन हुनेछन । 

 सात टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले १ लाख १ हजार १११ र उपविजेताले ६१ हजार १ सय ११ प्राप्त गर्नेछन ।

धार्मीक एवम पर्यटकीय स्थल मझौ गुफाको पर्यटन प्रबद्धन गर्ने मुख्य उद्येस्यका साथ भव्य र विशेष मेलाको आयोजना गरेको सिंहदेवि युवा समाजका अध्यक्ष दिपक भट्टराईले जानकारी दिनुभयो ।