काठमाण्डाै – आयोजक फिदिम स्पोर्टिङ क्लबलाई हराउँदै काठमाण्डौको चर्च ब्वाइज युनाइटेड ११औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

फिदिम माविको मैदानमा आज भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले फिदिम स्पोर्टिङलाई ३–१ गोलले हरायो । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि न्युरोड टिम (एनआरटी) र मच्छिन्द्र फुटबल क्लब खेल्दैछन् ।

फाल्गुनन्द गोल्डकप फुटबलको फाइनल खेल आउँदो सोमवार पुस १५ गते हुनेछ । प्रतियोगिताको विजेताले १० लाख पाँच सय ५५ रुपैयाँ तथा उपविजेताले  पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।