काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्टले कर्णाली याक्सलाई ८ विकेटले हराएको छ। लिगको तेस्रो खेलमा जनकपुरले कर्णालीलाई हराएको हो।
दोस्रो खेलमा काठमाडौं गुर्खाज चितवन राइनोजसँग ५ विकेटले पराजित भएको छ। जितका लागि एक सय १२ रनको लक्ष्य पाएको चितवनले १७ बल बाँकी छँदै ५ विकेट गुमाएर नै लक्ष्य भेट्टाएको थियो।
आजको पहिलो खेलमा काठमान्डु गुर्खाजले चितवन राइनोजलाई ११२ रनको सामान्य लक्ष्य दिएको थियो। चितवनका बलर सामु गुर्खाजका ब्याटरले संघर्ष गरे। कुनै पनि खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन्। पेस बलर सोहेल तन्विरले पाँच विकेट लिए।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरे। गुर्खाजले २० ओभरमा नौ विकेट गुमाएर १११ रन जोड्यो।
गुर्खाजले दोस्रो ओभरमानै ओपनर स्टिफन इस्किनाजीलाई गुमाएको थियो। उनी मात्र दुई रनमा तन्विरको बलमा क्याच आउट भए। अमर रौटेलाले क्याच लिएका थिए।
अर्का ओपनर माइकल लेभिटले आक्रमक ब्याटिङ गर्दै गुर्खाज समर्थकलाइ उत्साहित पारे। तन्विरलाई उनले लगातार दुई चौका प्रहार गरे। तर उनी १६ बलमा २५ रनमा क्याच आउट भए। यो विकेट पनि तन्विरकै नाममा रह्यो।
दीपक बोहराले क्याच लिएका हुन्। अर्का विदेशी खेलाडी जेरार्ड इरास्मसको विकेट कुशलले लिएपछि गुर्खाज संकटमा परेको थियो।
इरास्मस चार रनमा मैदान बाहिरिए। भीम सार्कीलाई पनि तन्विरले एक रनमा एलबीडब्लु धरापमा पारे। त्यतिबेला गुर्खाजको स्कोर बोर्डमा ३४ रन चार विकेट थियो। त्यसपछि शंकर राना र सुमित महर्जनले इनिङस सम्हाल्ने प्रयास गरे। उनीहरूबीच २९ रनको साझेदारी भएको थियो।
रौटेलाले आफ्नो पहिलो स्पेलमा नै रानालाई १६ रनमा कट बिहाइन्ड आउट गरेर गुर्खाजमाथि दबाब बनाए। चार रन जोडेका रासिद खानले लुक बेन्केन्स्टाइको बलमा शरद भेषवाकरको हातमा क्याच थमाए। ४१ बलमा २९ रन बनाएका सुमित महर्जनाई रिजन ढकालले बाहिर पठाए।
गुर्खाजको इनिङसमा उनले बनाएको रन उच्च हो। कप्तान करण केसी र साहब आलम एक-एक रनमा आउट गर्दै तन्विरले पाँच विकेट पूरा गरेका थिए। जारी एनपिएलमा एकै इनिङसमा पाँच विकेट लिने उनी पहिलो खेलाडी हुन्। डान डौथवेट १९ रनमा अविजित रहे।
काठमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो। चितवनका सन्तोष कार्कीले सर्वाधिक अविजित २८ रन जोडे। ल्यूक मार्टिन बेनकेन्स्टाइले २२ रन बनाए। हसन इसाखल १२, शरद भेषवाकरले ११ रन बनाए।
गुर्खाजको तर्फबाट साहब अलमले ३ विकेट लिएर २० रन दिए। त्यस्तै डन डाउथवेथले १ विकेट लिए १५ दिए। त्यस्तै गेरार्ड इरासमसले २२ रन दिएर एक विकेट लिए।
दोस्रो खेलमा भने जनकपुर बोल्ट र कर्णाली याक्सको रहेको थियो। भारतिय चर्चित क्रिकेटर शिखर धवनसहित उच्च मनोवल लिएर मैदानमा उत्रिएको कर्णालीले २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ४१ रन बनायो।
पहिलो विकेट ललित राजवंशीले खनाललाई १ रनमा आउट गराए। पहिलो ओभरको दोस्रो बलमा उनले ४ बलमा एक रन बनाउन सके। खेलमा कर्णाली याक्सका ओपनर शिखर धवन पनि आउट भए। १४ बलमा १४ रन बनाएर खेलिरहेका उनलाई हर्ष थाकरले आउट गरेका हुन्। उनले ३ चौका प्रहार गरेका थिए।
चाडविक वाल्टन १२ बलमा ८ रन बनाएर आउट भए। उनलाई मोहसिनले एलडब्लु धराप पारे। त्यसलगत्तै जिसन मक्सुद पनि आएट भए। उनलाई जेम्स नसिमले एलडब्लु धराप पारे। १२ रन बनाएर खेलिरहेका बाबर हयात २५ बलमा आएट भएका थिए। उनी मोहसिनको बलमा जिसमबाट क्याच आउट भए।
त्यस्तै, अर्जुन घर्तीले २२ बलमा दुई चौका र दुई छक्का हान्दै ३३ रन बनाए। यस्तै कप्तान सोमपाल कामीले अविजित २९ रनको योगदान दिए। उनले १३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरे। गुल्शन झाले जनकपुरका बलरलाई काउन्टर दिँदै २७ बलमा ३६ रन बनाए जसमा तीन छक्का र १ चौका सामेल थिए। घर्ती र कप्तान कामीबीच बीच २८ बलमा ५६ रनको विस्फोटक साझेदारी भएको थियो। उनीहरुले अन्तिम दुई ओभरमा ४३ रन जोडे।
१४२ को जितको लक्ष्य पाएको जनकपुरले उत्कृष्ट सुरूवात गर्यो। ओपनरद्वय कप्तान अनिल साह र आशिफ शेखले ८४ रनको साझेदारी गरे। शेख २८ मा ३६ रन बनाएर आउट भए। मौसम ढकालको बलमा देव खनालले शेखलाई क्याच आउट गराएपछि ९.४ ओभरसम्मको उनीहरूको साझेदारी टुटेको हो।
त्यसपछि आएका लहिरू मिलन्था १३ बलमा २४ रन बनाएर आउट भए। उनी जिसनको बलमा एलडब्लु धरापमा पर्दै पेभेलिएन फर्किएका थिए।
३५ बलमा ५२ बनाउँदै अनिलले अर्धशतक पूरा गरे। खेलमा साहले अविजित सर्वाधिक ६२ रन बनाए। त्यस्ते जेम्स निशमले ८ बलमा १६ रन बनाउँदै अविजित रहे। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई पनि ८ विकेटले हराएको थियो। उक्त खेलमा जनकपुरका लाहिरुले अविजित ७५ रन बनाएका थिए।