काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध गोलको वर्षा गर्दै ११-० को फराकिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् । यस्तै प्रीति राईले पनि ह्याट्रिक गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक-एक गोल गरिन् ।यस साफ वुमन्स च्याम्पियनसिपमा पहिलो जतिपछि दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा शीर्ष स्थानमा उक्लेको छ ।

दुई खेलबाट समान ४ अंक भएपनि भुटान गोल अन्तरमा पछि छ । श्रीलंकाको ३ अंक छ । लगातार दुई खेल हारेपछि माल्दिभ्सको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।

फ्रान्समा व्यवसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी साफका लागि गएराती नेपाल आइपुगेर टिममा सामेल भएपनि उनी बेन्चमै रहिन् ।

नेपालले समूहको अन्तिम खेल श्रीलंकासँग बिहीबार खेल्नेछ भने माल्दिभ्सले सोही दिन भुटानको सामना गर्नेछ ।