तेह्रथुमको आठराईमा शनिबारदेखि शुरू भएको तेस्रो चुहानडाँडा खेलकुद कार्यक्रममा आइतबार खुल्ला पुरूष फुटबल तर्फको पहिलो चरणका ६ खेल सम्पन्न भएका छन ।
चुहानडॉडा स्थित तेह्रथुम बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न आजको पहिलो खेलमा कालिपालाई ४-० गोलले पराजित गर्दै बोखिम दोस्रो चरणमा प्रवेश गरेको छ।
त्यसै गरी आजै सम्पन्न दोस्रो,तेस्रो ,चौथो र पॉचौ खेलमा क्रमश ह्वाकुले थोक्लुङलाइ, लिसिबुङले फुङसिङ बि लाई,सिम खर्कले हात्तिखर्कलाई र तेह्रथुम बहुमुखी क्याम्पसले इवालाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।
आइतवार नै तोकिएको अन्तिम खेलमा निर्धारित समयमा दमक उपस्थित नभएपछि नेटबल मार्फत फुङसिङ ए दोस्रो चरणमा प्रवेश गरेको प्रतियोगिताका खेल सचिव दिलकुमार कन्दङ्वाले जानकारी दिनु भयो ।
सोमबार पहिलो चरणका चार खेल सन्चालन गरिने र पहिलो खेल मितेरी फुटबल क्लब र पापो समाज बिच हुने अध्यक्ष ओम कुमार लिम्बुले जानकारी दिनुभयो ।
२१ टिम सहभागी रहेको प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्ने प्रतियोगिताका अध्यक्ष ओमकुमार लिम्बुले बताउँनु भयो ।
फाइनल खेल यही असोज २४ गतेका दिन हुनेछ ।
वडा दशैँको अवसरमा लाग्दै आएको कार्यक्रमका लागि वडा कार्यालयले आर्थिक सहयोग गरेको ६ नं वडाध्यक्ष कृष्णप्रसाद बास्कोटाले जानकारी दिनुभयो ।