गोपाल काफ्ले पथरी
१० असोज
राजधानीका दुई टोली ब्रिगेड ब्वाईज काठमाडौं र संकटा फुटवल क्लव काठमाडौं मोरङको पथरी शनिश्चरेमा जारी अन्तराष्ट्रिय आमन्त्रण प्रथम ईन्ट्रा पथरी शनिश्चरे गोल्डकपको फाईनलमा भिड्ने भएका छन । आज बिहिबार भएको अन्तिम सेमिफाईनल खेलमा झापा ११ लाई हराउदै ब्रिगेड ब्वाईज काठमाडौ फाईनल प्रबेश गरेको हो ।
ब्रिगेड ब्वाईज काठमाडौले सड्न डेर्थमा झापा ११ लाई हराउदै उपाधीका लागि संकटा संगको भेट पक्का गरेको हो । निर्धारित समय गोल रहित बराबरी भए पछि खेल टाईबेकर हुदै सडन डेर्थमा पुगेको थियो । झापाले राष्ट्रिय टोलिका ४ खेलाडी देबेन्द्र तामाङ, हिसुप थपलिया, उत्सव राई र सौभाग्य राई सहित मैदान प्रबेश गरे पनि जित निकाल्न सकेन । खेलमा झापा ११ ले निकै राम्रो अवसर पाए पनि स्कोर गर्न नसक्दा हार बेहोर्नु परेको छ ।
टाईबेकरमा दुबै टोलीको पहिलो प्रहार बाहिरिएको थियो । ब्रिगेड ब्वाईज काठमाडौका अशिम गुरुङ, दिवाक चौधरी, रोहन खड्गी, अविशेक राईले गोल गरे भने एन्जल महर्जनको प्रहार बाहिरिएको थियो । झापाका अविशेक गुरङ, मौषम सुब्बा, उत्सव राई, र देवेन्द्र तमाङले गोल गर्दा हिसुप थपलियाको प्रहार बाहिरिएको थियो । टाईबेकरमा ४-४ गोलको बराबरी भए पछि खेलको निर्णय सडन डेर्थमा लिएको हो । सडन डेर्थमा काठमाडौका लागि हरि भट्ट, कोमल खवास र पदम भटटराईले गोल गर्दा झापाका अन्जल गुरुङ र पेमा तााङले गोल गरे झापाका सौभाग्य राईको प्रहार ब्रिगेड ब्वाईजका गोल रक्षक रुविन बोगटीले बचाउदै आफ्नो टिमलाई विजयी गराए ।
ब्रिगेड ब्वाईजले सलहेस सिराहा र झापा ११ लाई पराजित गर्दै फाईनल प्रेश गरेको हो भने संकटा काठमाडौले यु के एफसी भारत र आयोजक पथरी ११ लाई हराउदै फाईनल यात्रा तय गरेको थियो । खेलको म्यान अफ द म्याच ब्रिगेट ब्वाईज काठमाडौंका दिवाकार चौधरी घोषित हुदै नगद पॉच हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत १२ गते शनिबार हुने फाईनल खेल संकटा फुटवल क्लव काठमाडौं र ब्रिगेड ब्वाईज काठमाडौ बिच हुने छ ।
प्रतियोगिताको विजेताले तीन लाख नगद र उपविजेताले दुई लाख रुपैयाँ ट्रर्फी मेडल प्राप्त गर्ने छ भने बिधागत तर्फ सर्वोकृष्ट खेलाडीले नगद रू पच्चिस हजार र अन्य विधागतमा उत्कृष्ट खेलाडीहरूले जनही दश हजार प्राप्त गर्नेछन । प्रतियोगिता पथरी ११ को आयोजनमा मोरङको पथरी शनिश्चरे १ स्थित पथरी रंगशालामा संचालन हुदैछ । प्रतियोगिताको मुख्य प्रायोजक इन्ट्रा फाउण्डेशन अमेरीकाले र मुख्य सहयोगी पथरी शनिश्चरे नगरपालीका रहेको छ ।