काठमाडौँ : नेपाली राष्ट्रिय टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीको वरीयता खस्किएको छ।
अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज सार्वजनिक गरेको अलराउण्डरतर्फ टी–२० वरीयतामा ऐरी एक स्थान तल झरेका हुन्।
यसअघि ७औँ वरीयतामा रहेका ऐरी ८औँ स्थानमा झरेका छन्।
टी–२० अलराउण्डरतर्फ शीर्ष वरीयतामा इंग्ल्याण्डका लियाम लिभिङस्टोन रहेका छन्। उनले वरीयतामा ७ स्थानको फड्को मार्दै शीर्षमा उक्लिएका हुन्।































































