तुलसी सिटौला
तेह्रथुमको फेदाप २ ओयाक्जुङमा रहेको सिर्जनशिल युवा क्लबलाई भलिबल खेलाडी शेवन सम्वाम्फेले ट्रयाकसुट खरीदका लागि आर्थीक सहयोग गर्नुभएको छ । फेदाप २ घर भइ हाल कतारमा कार्यरत सम्बाम्फेले क्लबका लागि दश सेट KELME ब्रान्डको ट्रयाकसुट खरीदका लागि १५ हजार प्रदान गर्नु भएको र बॉकी रकम क्लबले नै बेहोरेको अध्यक्ष बिनोद दुलालले जानकारी दिनुभयो ।
भलिबल क्षेत्रमा उहॉले गरेको यो प्रोत्साहनले क्लबबाट जिल्लामै उत्कृष्ट प्रदर्शन गर्दै गरेका खेलाडीलाई थप हौसला मिलेको अध्यक्ष दुलालको भनाई छ ।































































