दमक । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले दमक एरीयाकै सबैभन्दा ठूलो दाबी रकम भुक्तानी गरेको छ। मंगलबार दमक शाखामा आयोजित दाबी भुक्तानी कार्यक्रममा रु.५६ लाख ८० हजार रकम - स्वर्गीय विमित भूपिन बाबु ढकालको श्रीमति इन्दिरा ढकाललाइ बिर्तामोड एरिया ब्रान्च मेनेजर उत्तम कोइरालाले- हस्तान्तरण गर्नुभएको थियो। स्वर्गीय भूपिन बाबु ढकालले चारवर्ष अधि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट बार्षिक अग्रीम भुक्तानी योजना २० लाख बीमांक बराबरको खरीद गर्नुभएको थियो ।उहाँको असामयिक निधन पछि कम्पनीले रु.५० लाख बीमांक, चार बर्षको बोनस रकम र रु ५० हजार काजक्रीया खर्च सहित ५६ लाख ८० हजार एकमुष्ठ रकम प्रदान गरेको हो। उक्त कार्यक्रममा एरिया ब्रान्च मेनेजर उत्तम कोइरालाले मृतक भुपीन बाबु ढकालको आत्माको चिर शान्तिको कामना गर्दै बीमा बाट प्राप्त रकम सहि ठाउँमा लगानी गर्न सुझाव दिनु भएको थियो ।त्यस्तै स्टार एजेन्सीमेनेजर भेषराज भट्टराईले बीमाले बीमाशुल्क लिने मात्र होइन दावी भुलानी पनि सरल र छिटो तरीकाले भुक्तानी दिने बताउँनु भयो । मृतक परिवारको तर्फबाट डिल्लीराम ढकालले सिटिजन लाइफले छिटो तथा सहज ढंगले दावी भुक्तानी दिएकोमा कम्पनीलाई धन्यबाद दिनुभयो, सो कार्यक्रमको संचालन दमक शाखा प्रमुख रोसन बस्नेतले गर्नु भएको थियो । सो कार्यक्रममा दमक शाखाका एशेन्सी मेनेजरहरू सहित अभिकर्ताहरूको उपस्थिती रहेको थियो।