तुलसी सिटौला

तेह्रथुमको म्याङलुङमा बुधबार नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाको नव निर्मित भवनको उदघाटन भएको छ । कोशी प्रदेशका मुख्यमन्त्रि हिक्मत कुमार कार्कीले भवनको उद्घाटन गर्नुभयो । भवनको उद्घाटन संगै तेह्रथुमको पत्रकारिता पुस्तक पनि विमोचन भएको छ । सोही अवसरमा पत्रकारिता पुरस्कार अक्षयकोष दाता राधिका पोखरेल र भवन निर्माणका लागि जग्गा सहयोग गर्ने म्याङलुङ नगरपालिकाका प्रमुख सन्जय तुम्बाम्फेलाई सम्मान गरिएको थियो ।

त्यसै गरी तेह्रथुम जिल्लामा क्रियाशिल ४ जना पत्रकारहरू पुरस्कृत भएका छन । पुरस्कृत हुनेहरूमा तेह्रथुम क्रियाशिल पत्रकारिता पुरस्कारबाट नगद ११ हजार १ सय ११ सहित नेपाल पत्रकार महासंघ तेह्रथुमका संस्थापक अध्यक्ष महेन्द्र काफ्ले पुरस्कृत हुनुभयो ।त्यस्तै तेह्रथुम पत्रकारिता विकास पुरस्कारबाट नगद ५ हजार ५ सय ५५ सहित रेडियो मेन्छ्यायेमका स्टेशन मेनेजर भगिश्वर  लिम्बु, आर्थीक पत्रकारिता पुरस्कारबाट नगद १ हजार १ सय ११ सहित रेडियो आठराईका तुलसी सिटौला र तेह्रथुम महिला पत्रकारिताबाट नगद १ हजार १ सय ११ सहित रेडियो मेन्छ्यायेमकी बबिता राइलाइ पुरस्कार वितरण गरिएको थियो ।

तेह्रथुम क्रियाशिल पत्रकारिता पुरस्कारको लागि लालिगुरास ९ सोल्मा निवासी राधिका पोखरेल र डा. सन्जिव सापकोटाद्वारा महासंघमा एक लाख अक्षयकोष स्थापना गरेका हुन । त्यस्तै पत्रकारिता विकाश पुरस्कार म्याङलुङ निवासी तेज ब. कार्की र उमा कार्कीले ५० हजारको अक्षयकोष स्थापना गरेका हुन । आर्थीक पत्रकारिता र तेह्रथुम महिला पत्रकारिताको लागि म्याङलुङमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्था र म्याङलुङ निवासी स्व. सोमनाथ निरौलाले १०/१० हजारको अक्षयकोष स्थापना गरेका हुन।

मुख्य मन्त्रि हिकमत कार्कीको प्रमुख आतिथ्यता,कोशी प्रदेश पत्रकार महासंघका कार्यवाहक अध्यक्ष लवदेव ढुंगानाको विशेष आतिथ्यता तथा नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष अमृत कुमार बास्तोलाको अध्यक्षतामा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।