तुलसी सिटौला

तेह्रथुमको फेदाप सिम्लेमा तमोर लफ्टिङ खानेपानिमा काम गर्ने ८ जना कामदार जंगली च्याउ खाएर बिरामी भएका छन । उक्त योजनामा काम गर्ने १३ जना मध्ये ८ जनाले च्याउ खाएको र आठै जना शक्त बिरामी भएको प्रहरी चौकी पोक्लाबुङका असही भुपेन्द्र यादवले जानकारी दिनुभयो ।

मंगलबार(हिजो )बेलुका ८ बजे सेपेनी जंगलबाट ल्याएको च्याउ खाएर सुतेको र १ बजे देखि बान्ता गर्ने र पखाला चल्न शुरू भएपछी पोक्लाबुङ अस्पताल भर्ना गरीएको थियो ।कतिपयले त रगत नै बान्ता गरेको संगै बसेको साथी सरोज राइले बताउँनु भयो । बिरामी हुनेहरुमा निरज शर्मा-दाङ,सन्त बराइली धनकुटा,प्रविन क्षेत्रीः संखुवासभा,राजिव भुजेल-धनकुटा,अमित सुर्जा मगर रूपन्देही,शविन शेर्पा संखुवासभा,साजन बराइली संखुवासभा,सुरेश परीयार बुटवल रहेका छन ।