भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर आएको छ। मेघालयको कोइलाखानीमा काम गर्ने गएका ४ जना भोजपुर र धरानका भएको अपुष्ट खबर छ।
यो बीभत्स घटना मेघालय राज्यअन्तर्गत सुतङा‚ जैनितया हिल्समा भएको हो। पहिला बाँधेर अनि त्यसपछि धारिलो हतियार प्रयोग गरेर हत्या गरे जस्तो देखिन्छ।
घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ। मारिने ४ जना धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ।चारैजनाले स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ। यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइएको छ।