विनोद सापकोटा

झापा, असार १३ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ठग बस्तीकी रामकुमारी राजबंशीलाई आफ्रनै गोठमा बाँधेको गाईको बीमा गरेको थाहा थिएन । वडा अध्यक्ष मनोज खुलाल कार्की लगायतको पशुप्राविधिक र बीमा कम्पनीको प्रतिनिधि उनी घरमा नभएको बेला गत वर्षको असारमा गाईको बीमा गरिदिएका रहेछन् । 

‘घरमा आएर घाँस हाल्न जाँदा गाईको कानमा .पहेलो ट्याग लगाईएको रहेछ,’ उनले भनिन्,  ‘छिमेकीलाई सोधे मेरो गाइको कानमा कसले ‘टप’ लगाईदियो ?, छिमेकीलले उनलाई ‘वडा अध्यक्ष लगायतको टोली आएर गाईको बीमा गरिदिनु भयो,’ भने । रामकुमारीलाई बीमा भनेको के हो थाहै थिएन । उनले केही रेकर्डका लागि चिन्ह लगाएर गएको होला भन्ने ठानिन् ।

Screenshot_20240626-212629_Gallery

गएको कात्र्तिकमा बीमा अर्थात कानमा ट्याग लगाईएको गाई मर्यो । महिनाको ६ हजार कमाई दिने गोठको गाई मरेपछि रामकुमारीको गाँउमा हल्ला खल्ला भयो । गाउँले भेला भए । गाईलाई पुर्न खाडल खनियो । आफ्नो ऋती रिवाज अनुसार मरेको गाईको अन्तिम संस्कार गर्न गाउँले तयार भए ।

यतिकैमा स्थानिय पशु प्राविधिक प्रेम पौडेल गाँउमा गाई मरेको हल्ला फैलिएपछि गाई मरेको घरमा पुगे । उनले मरेको गाईको बारेमा चाहेको जानकारी धनि संग लिए । बीमा कम्पनीले गरेको उक्त गाईको कानको ट्याग उनैले लगाइदिएका थिए । 

रामकुमारीले भनिन् ‘यो त बीमा गरिएको गाई हो । यसको क्षतिपुर्ती अर्थात पैसा पाईन्छ ,’ भनेर मलाई प्रेम सरले भन्नुभयो । ‘उहाँले नै वडा अध्यक्षलाई फोन बाट जानकारी दिनुभयो । वडा अध्यक्ष आएपछि मरेको गाईको फोटो लगायत आवस्यक मुचुल्क उठाएर लैजानु भएको थियो ।

‘फोटो खिचेर फेसबुकमा हाल्ने यस्तै प्रचार गर्ने होला भन्ने ठानेको थिए,’ रामकुमारीले भनिन् गएको माघ अन्तिममा ५० हजार घरैमा ल्याईदिनु भयो । पैसा थापेपछि ‘मरेको गाईको पनि पैसा पाईदो रहेछ भन्ने अनि थाहा पाए ।’

Screenshot_20240626-212837_Gallery

सरकारले दिएको रकमले फेरी गाई किन्ने उनले बताईन् । अब किनेको गाईको बीमा आफै गर्ने पनि उनले सुनाईन । वडा अध्यक्ष खुलालका हरेक योजनाले आफु जस्तै विपन्न परिवारलाई छुने गरेको उनले बताएकी छन् । उनले भनिन् ‘ अरु धरै हल्ला गर्नुहुन्छ । हाम्रो वडा अध्यक्ष बिना हल्ला काम गर्नुहुन्छ । उहाँको योजना र कार्यक्रमले हामी जस्ता विपन्न परिवारलाई प्रत्यक्ष छोएको छ ।’

रामकुमारीले ३ वटा पशु पालेकी छन् । एउटाको वडाले बीमा गरेपनि बाँकी दुई वटा पशुको आफैले बीमा गरेको उनले बताइन् । 

रामकुमारी त वडाकी प्रतिनिधि पात्र मात्र हुन् । रामकुमारी जस्तै करिव २ सय घर परिवारले वडाबाट शुन्य लगानीमा पशु बीमा गरेका छन् । २०७६ साल देखी वडाले यो कार्यक्रम शुरु गरेको हो । पहिलो वर्ष पशु बीमाका लागि २ लाख र त्यसपछिका दुई वर्ष १ लाख ५० हजारका दरले वडामा यो कार्यक्रम संचालन भइरहेको छ । चालु आर्थिक वर्षमा पनि ७५ हजार को कार्यक्रम वडामा संचालनमा छ ।

Screenshot_20240626-213010_Gallery

गत वर्ष वडाले १ करोड ४७ लाख ५८ हजार बराबरको पशु बिमा गरेको थियो । वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार बीमा गरेका पशु मध्ये ८ वटा गाई मरेका थिए । किसानले ५० हजार सम्म बीमा दावि भुक्तानी पाएका थिए । ‘एनएलजी इन्स्योरेन्स’ कम्पनी विर्तामोडका बरिष्ट विकास अधिकारी लक्ष्मी नेपालका अनुसार गत वर्ष हामीले शिवसताक्षी ६ मा २५४ गाईको बीमा गरेका थियौं । ति मध्ये ८ वटा विभिन्न कारणले मरेका र तिनको मृत्यु दावि भुक्तानी किसानले पाएको बताए ।

आदिबासी जनजातीको बाहुल्यता रहेको मानव बस्तीमा विमा कार्यक्रम निक्कै प्रभावकारी बनेको पशु प्राविकिध प्रेम पौडेलले बताए । उनका अनुसार वडाको यो कार्यक्रम नगरमै प्रभावकारी देखिएको छ । यो कार्यक्रम शुरु भएपछि वडाले ५ लाख ७५ हजारको विकास बजेटको व्ययभार व्यहोरेपनि हाल सम्म ४८ घर परिवारले यसको प्रत्यक्ष फाइदा लिएका छन् । यस वर्ष मात्र हेमबहादुर थापा, टिकामाया राजबंशी, पिताम्बर दाहाल, मोहनलाल राजबंशी, हेमवहादुर थापा, राम प्रसाद पौडेल र केमलाल राजबंशीले र अनिरुद्र गुरागाँईले बीमाको रकम पाएका छन् ।

मरेका पशुको बीमा बरावरको रकम घरैमा ल्याएपछि सो वडामा पशु बीमा कार्यक्रम निक्कै प्रभावकारी हुन थालेको छ । किसानले आफैपनि पशुको बीमा गर्न थालेका छन् । 

बुधबार पनि वडाका विभिन्न टोलमा पुगेर वडा अध्यक्ष मनोज खुलाल कार्की र महिला वडा सदस्य गोमा रिजालले विपन्न किसानका गाईको बीमा गरिदिएका छन् । वडाले विमा गरेपछि किसानले कुनैपनि शुल्क तिर्नु पर्देन । यो कायक्रमबाट वडाका सयौ वडाबासी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।