तेह्रथुमको आठराई गाउँपालिका वजा नं ४ इवाको आर्थीक सहयोगमा संस्कृत भाषा प्रशिक्षण तथा कर्मकाण्ड विशेष दिने तालिम सन्चालन गरीएको थियो।उक्त तालिम विहीबार सम्पन्न भएको हो ।

IMG_2092

पुस्ता  हस्तान्तरण हुन छोडेपछी क्षेत्री ब्राम्हण जातिमा कर्मकाण्ड गराउँने ब्यक्तिहरु लोप हुँदै गएकोले यस्तो तालिमको आयोजना गर्नु परेको वडाध्यक्ष खगेन्द्र गुरूङ बताउँनु हुन्छ । 

संस्कृत भाषा शिक्षण सिकाइ कार्यक्रममा  श्रद्धेय गुरु प.  रुद्रप्रसाद ढुंगानाले सहजीकरण गर्नुभएको थियो ।

IMG_2090

पछिल्लो समय वडा नं ४ इवाले जनमुखी र उत्पादनसंग जोडिएका कार्यक्रमहरू सन्चालन गर्दै आईरहेको छ । केही समय अघि महिलाहरूका लागि डल बनाउँने तालीम, मौरी पाल्न चाहनेका लागि मौरी पालन तालिम तथा घार वितरण समेत गरेको थियो । यो वर्ष पनि जनताका मागका आधारमा उत्पादनशिल क्षेत्रमा वडाको बजेट विनियोजन गर्ने अध्यक्ष खगेन्द्र गुरूङले जानकारी दिनुभयो ।

IMG_2094