बिर्तामोड । राउण्ड टेबल नेपालले आयोजना गरेको कर्पाेरेट फुटसल प्रतियोगिताको उपाधी बिर्तामोडको बीएण्डसी हस्पिटलले जितेको छ । 

अर्जुनधाराको गामास्ता स्पोर्टस हबमा भएको प्रतियोगितामा झापाका १२ वटा टिमको सहभागिता रहेको थियो । युनाइटेड अजोड इन्सुरेन्स कम्पनी, मेची आँखा अस्पताल, कङगारु एजुकेसन कन्सलटेन्सी, एक्सेल डेभलपमेन्ट बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा जिएलसी इन्सुरेन्स, बिर्ता सिटी हस्पिटल, सेभेन हर्सेस क्यासिनो, नेपाल ईन्जिनियर्स एसोसिएसन र बीएण्डसी हस्पिटलको सहभागिता रहेको थियो । 

नकआउटका आधारमा आयोजित प्रतियोगितामा बीएण्डसी हस्पिटलले बाजी मारेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको लक्ष्मी सनराइज बैंक उपविजेता भएको छ ।

प्रतियोगितालाई ओमोदा बिर्तामोडका लागि अधिकृत वितरक (ओपी इन्टरनेशनल), युएनभी सुगर क्रेभिङ्स र म्यानियाले प्रायोजन गरेको थियो । राउण्ड टेबल नेपालले अर्जुनधाराका दुईवटा बिद्यालयमा शौचालय निर्माण गर्न रकम संकलन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको राउण्ड टेबल बिर्तामाेडका सचिव बिकास अग्रवालले जानकारी दिए । सामाजिक उद्देश्य प्राप्तिका लागि कर्पाेरेट क्षेत्रसँग समन्वय गर्ने संस्थाको उदेश्य बमोजिम प्रतियोगिता आयोजना गरिएको उनले बताए । 

संस्थाले अर्जुनधारा–२ को भिमले आधारभुत बिद्यालय र अर्जुनधारा–११ को बालज्योती आधारभूत बिद्यालयमा शौचालय निर्माण गर्ने छ । ११ लाख रुपैंयाँको लागतमा निर्माण हुने शौचालयका लागि आर्थिक सहयोग संकलन गर्न प्रतियोगिता आयोजना गरेको प्रतियाेगिताका संयाेजक अमन मिण्डाले जानकारी दिए ।  

निरन्तर रुपमा एउटै जिम्मेवारी बहन गरिरहेका कर्पाेरेट टोलीहरूलाई उनीहरूको खेलकुद प्रतिभा प्रदर्शन गर्न संस्थाले प्लेटफर्म मात्र उपलब्ध गराएको छैन तर स्थानीय समुदायमा समस्याहरु समाधान गर्न पनि महत्वुपूर्ण योगदान पु¥याएको राउण्ड टेबल बिर्तामाेडका निरज चौधरीले बताए ।