झापा । नेकपा एमालेका महासचिब शंकर पोखरेलले नेपाली समाज अराजकताको पछाडि दौडिन थालेको बताएका छन् । एमाले बिर्तामोडको दोस्रो अधिवेसन उद्घाटन गर्दै पोखरेलले भाइरल हुने नाममा नेपाली जनताको भिड चर्काे कुरा गर्ने व्यक्तिको पछाडि लाग्न थालेको आरोप लगाए । 

‘हाम्रो समाजमा अराजकताको वरिपरी भिड हुन थालेको छ, यस्तो खाले सामाजिक अराजकता बिकासको बाधक हो, नेपालको सामाजिक मनोबिज्ञान यस्तो हुँदैछ, पोखरेलले भने–‘कहिले ज्ञानेन्द्र शाहीको भेषमा त कहिले दुर्गा प्रसाईँको आवरणमा यस्तो अराजकताले प्रश्रय पाइरहेको छ ।’ नेपालको संविधान अनुसार बिश्वका सबै देशका जनता भन्दा नेपाली जनता अधिकार सम्पन्न रहेको दावी समेत पोखरेलको थियो । 

नेपाली काङ्ग्रेस ले संसदलाई बन्धक बनाएको आरोप पोखरेलले लगाए । कांग्रेसले अहिले अस्थिरता श्रृजना गरेर सत्ता समिकरण भत्काउन खोजिरहेको उनको भनाई छ । सरकारबाट बाहिरिनु परेको पीडा संसदलाई बन्धक बनाएर कांग्रेसले पोखिरहेको आरोप उनको थियो ।  

राष्ट्रिय राजनीतिमा नया डिस्कोर्स सुरु भएको भन्दै पोखरेलले जनतालाई अधिकार सम्पन्न बनाउन बिभिन्न समयमा भएका राजनीतिक बिद्रोह अहिले आएर अराजकतामा परिणत भएको आरोप लगाए ।  ‘त्यो बिद्रोह व्यवस्था परिवर्तनको लागि थियो, पोखरेलले भने–‘जनताको पक्षमा भएको बिद्रोह अहिले आएर अराजकतामा परिणत हुनु राम्रो संकेत होइन ।’ निरङकुसताको अन्त्यका लागि तयार गरेको बिद्रोही मनोबिज्ञान अब परिवर्तन गर्नुपर्ने उनले बताए ।  

नेकपा एमालेका सम्पुर्ण कार्यकर्ताले दुई जनाका दरले मतदाता थप गर्ने हो भने आगामी निर्वाचनमा एमालेले सुविधाजनक बहुमत ल्याउने दावी उनको थियो । समृद्ध नेपाल, सुखी नेपालीको सपना पुरा गर्नका लागि राजनीतिक दलमा दुरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता आवश्यक पर्ने भन्दै उनले त्यसको नेतृत्व नेकपा एमालेले मात्र गर्ने दावी गरे । 

एमाले कार्यकर्ता सुविधाभोगी हुन नहुने उनले बताए । ‘हामी आराम गर्न खोजिरहृका छौ कि, शिथिल पो भयौ कि, पोखरेलले भने–‘यस्तो ढंगले आगामी निर्वाचनमा अपेक्षाकृत परिणाम आउन सक्दैन ।’ उनले जोखिम मोलेको र जेल गएको इतिहास देखाएर क्रान्तिकारी हुन नसकिने बताए ।

अर्काे फरक प्रसंगमा पोखरेलले सुन तस्करीका कारण बजारमा आर्थिक चहल पहल घटेको बताए । तस्करीमा नियन्त्रण आउन थालेको केही समयमा नै बजार चलायमान हुन थालेको उनको भनाई थियो । उनले अहिले पैसा बैंकमा थुप्रिएपनि लगानी गर्ने वाताबरण भने बिस्तारै बन्दै गरेको बताए । 

अधिवेसनको आइतबार उद्घाटन सत्र हो भने सोमबार बन्द सत्र आयोजना हुने कार्यक्रम रहेको एमाले बिर्तामोडका सचिब शेखर कडेलले जानकारी दिए । अधिवेसनमा बर्तमान सचिव कडेल र अध्यक्ष सुवास भट्टराई आगामी अध्यक्षमा प्रतिष्पर्धा गर्ने तयारी गरेका छन् ।