बिर्तामोड । यतिवेला झापाका प्रत्येक फलफुल पसलमा पाकेका आँप बिक्रीका लागि राखिएका छन् । आँप फलेपछि छिट्टोमा जेठको अन्तिमदेखि मात्र पाक्न थाल्छन् र त्यो खानयोग्य हुन्छ ,तर यहाँ बजारमा दुई–तीन महिनादेखि पाकेको आँप छ्यापछ्याप्ती पाउन थालेका छन् । बजारमा अहिले बिक्रीवितरण भइरहेको आँप खान योग्य छैन किनभने ती आँपलाई कृतिम ढङ्गले रासायनिक पदार्थ हालेर प्रयोग गरी पकाएर बिक्री वितरण गरिरहेको विज्ञहरू बताउँछन् । 

काँचो आँपलाई क्याल्सियम कार्बाइड जस्ता रासायनिक पदार्थ प्रयोग गरेर पकाउने गरेका छन् जो स्वास्थ्यका लागि एकदमै हानिकारक छ । बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले बजारमा अहिले बिक्री भइरहेको आँप कार्बाइड हालेर पकाइएको छ कि छैन त्यो परीक्षणबाट मात्र पुष्टि हुने बताए  । 

mango02

खाद्य ऐनमा नै कार्बाइड प्रयोग गरी पकाइएको फलफूल बिक्री गर्न पाइँदैन भनी उल्लेख भएका कारण यदि त्यसरी पकाइएको आँप बजारमा बिक्रीवितरण गर्न नपाइने उनले बताए ।

कार्बाइड प्रयोग गरेको आँप अन्य मुलुकबाट पनि ल्याउन पाइँदैन, भन्सार नाकामा नै यसलाई नियन्त्रण गर्नुपर्ने बताउँदै उनले कार्बाइड प्रयोग गरिएको आँप स्वास्थ्यका लागि हानिकारक हुन्छ, स्वास्थ्यलाई हानी गर्ने भएकाले बजारमा बिक्रीवितरण गर्न नपाइने बताए । तर झापामा काकडभिट्टा नाकावाट सयौं क्विन्टल अखाद्य आप भित्रिरहेको छ । 

कृषि प्रयोगशालाका प्रमुख महेशचन्द्र आचार्यले भने‘ सरकारले कार्बाइडलाई विषादीका रूपमा राखेको छैन, त्यसैले यसलाई सरकारले रोक्न सक्दैन,’  उनले भने बजारमा यो सजिलो तरिकाले पाउँछ त्यही भएर व्यापारीले फलफूल पकाउनका लागि प्रयोग गर्दै आएका छन् ।

non-organic-mango

यो विषादी नभए  मानव स्वास्थ्यका लागि जोखिम पदार्थ हो भन्दै  उनले यसले स्वास्थ्यलाई असर पुर्याइरहेका हुनाले पकाइएका आँप तथा फलफूल खाँदा सावधानीपूर्वक खानुपर्ने बताए । कृत्रिम रूपमा पकाइएका आँप खाँदा बोक्रा फ्यालेर त्यसलाई पुनः धोएर काटेर खाँदा जोखिम कम हुने बताउँदै उनले खानुअघि नुन पानीमा राख्दा पनि जोखिम कम हुने जानकारी दिए । समयभन्दा पहिला नै कृत्रिम ढङ्गबाट पकाइएको आँप स्वास्थ्यका लागि जोखिमयुक्त नै हुने गरेको उनले बताए ।

क्याल्सियम कार्बाइड प्रयोग गरी पकाइएको आँप खाँदा बान्ता हुने, छाती दुख्ने, घाँटीमा घाउ आउने, पेट पोल्ने, तिर्खा लाग्ने, निल्न गाह्रो हुने, आँखा पोल्ने, आँखामा दीर्घकालीन क्षति हुने, अल्सर हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखा पर्न सक्ने डाक्टरको भनाई छ  । 

बिर्तामोडको कृषि उपज बजार कोशी प्रदेशकै ठुलो बजार हो । यहाँवाट देशभर तरकारी तथा फलफुल बिक्रीकालागि पठाउने गरिन्छ, तर फलफुलमा प्रयोग भएको रसायनको जाँच भने प्रभावकारी बन्न सकेको छैन । जसका कारण उपभोक्त बिसादीयुक्त फलफल खान बाध्य छन् । यस्ता फलफुल खाएका कारण अधिकांश वालवालिका बिरामी पर्ने गरेका छन् ।