तेह्रथुम जिल्लाको आठराई गाउँपालिका १ सक्रान्तिबजारमा बि.स. २०१५ साल देखि लाग्दै आएको ऐतिहासिक मदनमेला २०८१ जेठ १३ गते देखि १९ गते सम्म लाग्ने भएको छ । विगतमा वैशाखमै  लाग्ने मेला यो साल प्राविधिक कारणबस केही ढिला हुन पुगेको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताउँनु भयो ।

गत साल आठराई गाउँपालिकाले नेतृत्व गरेर  सन्चालन गरेको मेला  यो साल आठराई गाउँपालिकाको आर्थिक सहयोगमा मदनधारा समितिका सदस्य वलीराज इङनामको अध्यक्षतामा सन्चालन हुने भएको हो ।

मेलामा खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता, पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिता साथै विविध  सॉस्कृतिक कार्यक्रम सन्चालन हुनेछन ।

खुल्ला पुरूष फुटबल अन्तर्गत प्रथम पुरस्कार २ लाखका साथ रनिङ ट्रफी रहनेछ भने दोस्रो पुरस्कार १ लाख ३० हजार रहेको छ । त्यस्तै खुल्ला महिला फुटबल तर्फ प्रथम पुरस्कार ८० हजार र दोस्रो पुरस्कार ६० हजार रहेको छ । 

त्यसै गरी खुल्ला पालिका स्थरीय पुरूष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार र दोस्रो पुरस्कार ३५ हजार रहेको मेला सन्चालन समितिका अध्यक्ष वलीराज इङनामले जानकारी दिनुभयो । 

सॉस्कृतिक कार्यक्रम अन्तर्गत धान नाच प्रतियोगिता, नृत्य प्रतियोगिता र अन्य के के सन्चालन गरीने भन्ने अन्तिम टुंगो लाग्न बाकी रहेको इङनामले बताउँनु भयो ।

श्री त्री मोहन माध्यमिक विद्यालयको खेल मैदानमा सन्चालन गरिने मेला यो वर्ष पनि भव्य रूपमा  लगाउँने  तयारी भइरहेको छ ।