आगलागीका कारण बुधबार तेह्रथुमको आठराई गाउँपालिका वडा नं ७ थोक्लुङ रानीचौताराका फुसको छानो भएका ६ घर जलेर नष्ट भएका छन । आहालटार सामुदायिक वनमा लागेको आगो बस्तीमा पसेपछी मानिस बसोबास गर्दै गरेका दुइ र खाली ४ घर सहित छ घर जलेका हुन । 

6ba3ccb1-b7fb-4db4-ac99-ce9de00fecb8

 देबी प्रसाद भट्टराई बस्दै आएको याम नाथ फुएल र बेदचार्य भट्टराईको घर जलेका हुन भने खाली घरहरूमा रेवती रमण धमला,डिल्ली विक्रम फागो,होमनाथ पराजुली र पुष्प फुएलका घरहरू जलेर नष्ट भएका हुन । 

आगलागीबाट मानिस बसोबासगर्दै गरेका दुइ घरमा अन्नपात गरगहना लत्ताकपडा सहित करीब  ६ लाख ६० हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारका प्रमुख बद्री दाहालले जानकारी दिनुभयो ।