काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । नेपाली टोली लिग चरणमा आफ्नो सबै खेल जित्दै आठ अङ्कसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूहगत चरणबाटै घर फर्कन बाध्य भयो । समूह ‘ए’ बाट हङ्कङ दोस्रो हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । बुधबार नै खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले हराएको थियो । बुधबारको खेलमा नेपाललाई हराउन सकेको भए साउदी अरेबिया नेट रन रेटका आधारमा हङ्कङलाई पछि पार्दै अन्तिम चारमा पुग्ने थियो ।
ताजा
तेह्रथुम , चुहानडाँडा हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ????????
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा
स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
विश्वकपमा अबको यात्रा यस्तो हुनेछ
बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब १५ करोडको बजेट प्रस्तुत
बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु