काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले पराजित गरेको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा अलआउट हुनुअघि एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १२.२ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल १८–१८ ओभरमा झारिएको थियो ।एसीसी प्रिमियर कपको दोस्रो संस्करणमा नेपालले हात पारेको यो लगातार तेस्रो जित हो । यसअघि नेपाली टोलीले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । नेपाली टोली ६ अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा आसिन छ ।
ताजा
बिर्तामोडमा भीषण आगलागी, क्यान्टिनमा काम गर्ने ६५ वर्षीय वृद्धको जलेर मृत्यु
महा नवमीमा पाथिभरा मन्दिरमा छठ समाजसेवा समितिको भण्डारा, हजारौँ भक्तजनले ग्रहण गरे प्रसाद
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा कार्यक्रम सुरु
नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षको झापा २ मा अधिवेशन सम्पन्न
मेचीलाई स्तब्ध पार्दै बिर्तामोड भेट्रान सेमिफाइनलमा
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा द्वारा बाढी पीडितका लागि १० लाख सहयोग
नियमित महाधिवेशन पक्षले पनि थाल्यो झापामा वडा अधिवेशन