बिर्तामोड । टाईब्रेकरमा भाग्यमामनी सावित हुदै एपिएफ छैटौं संस्करणको झापा गोल्ड कपको उद्घाटन खेलमा बिजयी भएको छ । संकटा क्लब काठमाण्डौलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
एपिएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले मात्र जाली चुमेको थियो । संकटाका अजित लामाको प्रहार बिपक्षी गोलरक्षकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार गोलपोस्टमा लागेर फर्कियो ।
खेलको चौथो मिनेटमै एपिएफले अग्रता लिने अवसर गुमाएको थियो । फोडे फोफोनाको क्रसमा पेनाल्टी एरियामा अनमार्क रहेका बुद्धिमान राईले गोल गर्न सकेनन् । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो । १३ औं मिनेटमा १८ यार्डबाट अनिस महर्जनको प्रहार आकासियो । २० मिनेटमा अनिसकै प्रहार गोल रक्षकले बिफल बनाए । २४ औं मिनेटमा कुलदिप कार्कीको पासमा गोल पोष्ट नजिकै रहेका अनिसको हेडर बाहिरियो ।
५५ औं मिनेटमा एपिएफका अनिस रानाले पेनाल्टी एरियाबाट गरेको कढा प्रहार संकटाका गोलरक्षक निशान रानाले पञ्च गरेर बचाए । ७६ औं मिनेटमा एपिएफका प्रदीप लामाको प्रहार बारको केही नजिकबाट बाहिरियो । अतिरिक्त समयमा दिपेश धिमालले मैदानको मध्यभागबाट गरेको कढा प्रहार संकटाका गोलरक्षकले मुस्किलले पञ्च गरेर बताए । खेल अवधिभर गोल गर्ने थुप्रै अवसर बनाएको एपिएफले निर्धारित समयमा गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरमा गएको थियो ।
३४ औं मिनेटमा संकटाका चन्दन दासले गरेको शक्तिशाली प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए । ६० औं मिनेटमा संकटाका कप्तान गणेश हमालको हेडर एपिएफका गोलरक्षकले पञ्च गरेर बचाए ।
खेलको म्यान अफ द म्याच एपिएफका एपिएफका गोलरक्षक एञ्ञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैंयाँ पुरस्कार पाए ।
प्रतियोगिताको बिजेताले नगद १३ लाख, उपबिजेताले ७ लाख, टफी, मेडल र प्रमाणपत्र पाउने छन् । आईतबारको खेल नेपाल पुलिस क्लब र लिग बिजेता चर्च ब्वाइज युनाइटेड काठमाण्डौबीच हुने आयोजकले जनाएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुने छ । प्रतियोगितामा नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता रहेको छ ।
ताजा
तेह्रथुम , चुहानडाँडा हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ????????
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा
स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
विश्वकपमा अबको यात्रा यस्तो हुनेछ
बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब १५ करोडको बजेट प्रस्तुत
बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
तेह्रथुम , चुहानडाँडा हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ????????
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा
स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
विश्वकपमा अबको यात्रा यस्तो हुनेछ
बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब १५ करोडको बजेट प्रस्तुत
बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु































































