बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघमा ४ हजार ९४ मत खसेको छ । विहान साढे ८ बजेबाट सुरु भएको मतदानमा ४ हजार ९४ जनाले मत खसालेका हुन् । बेलुकी ५ बजेम्म मत खसाल्न मतदानस्थलमा प्रवेश गर्न दिइएको थियो । संघको मतदाता संख्या ५६७३ रहेको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघमा धेरै वर्षपछि निर्वाचनमा यस किसिमको चाम देखिएको हो । मतदाताहरुले संसदीय निर्वाचन कै झल्को आएको प्रतिक्रिया दिएका छन् । वाणिज्य संघको निर्वाचनमा व्यवसायीभन्दा धेरै नेता हावी भएपछि निर्वाचनको माहोल बढेको हो । अधिकांशले नेपाली कांग्रेसको उम्मेद्वारको तुलनामा पहिलो पटक बलियो विपक्षी उम्मेद्वार उठेका कारण निर्वाचनको चाम बढेको बताइएको छ ।