तुलसी सिटौला (पाँचथर)
पाँचथरको हिलिहाङ गाउँपालिका अध्यक्ष रनिङ कप अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता फाल्गुन ५ गते देखि ७ गते सम्म सन्चालन हुदैछ । प्रतियोगिता हिलिहाङ गाउँपालिका वडा नं १ पन्चमी भालुचोक स्थित माङसेवा बोडिङ स्कुलको खेल मैदानमा हुनेछ।

पाँचथर जिल्ला भित्रका एक नगरपालिका र ७ वटा गाउँपालिका साथै आयोजकको थप १ टिम गरी ९ वटा टिमको सहभागिता रहने हिलिहाङ गाउँपालिका अध्यक्ष समर बहादुर अधिकारीले जानकारी दिनु भयो ।
प्रतियोगिताको विजेताले नगद रु एक लाख ११ हजार १ सय ११ सहित रनिङ्ग ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।



























































