तुलसी सिटौला (आठराई)
तेह्रथुम जिल्लाको फेदाप गाउपालिका वडा नं ५ इशिबु पन्चमीमा बसन्त पन्चमीको अवसरमा नवज्योति स्पोटिङ क्लबद्वारा आयोजित खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक A ले जितेको छ । उपाधीसँगै आयोजकले रू ४० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
बुधबार भएको फाइनल खेलमा खेलकुद विकास समिति ओयाक्जुङलाई ३-२ सेटले पराजित गर्दै आयोजकले उपाधी जितेको हो । उपविजेता ओयाक्जुङले नगद २५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
माघ २७ गते देखि सुरु भएको मेला भलिबल फाईनल तथा साँस्कृतिक कार्यक्रम सहित फाल्गुन २ गते सम्पन्न भएको हो ।सँस्कृतिक कार्यक्रम अन्तर्गत खुल्ला नृत्य प्रतियोगितामा जनसेवा साँस्कृतिक समुह सिम्ले प्रथम भयो भने जुरे भगवति इङलिस बोडिङ स्कुलले दोस्रो स्थान हात पार्यो । प्रथम हुनेले रु १५ हजार,ट्रफी र प्रमाण पत्र ,दोस्रोले रु १० हजार सहित ट्रफी र प्रमाण पत्र र तिनवटा नृत्यलाइ पन्ध्र सयका दरले सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।
पुरूष हन्डिफोर प्रतियोगितामा ओयाक्जुङका शंकर भट्टराई प्रथम हुनु भएको थियो । त्यस्तै खुल्ला महिला म्युजिकल चेयर प्रतियोगितामा प्रथम आयुसा कार्की र दोस्रो संगिता सिरवाल हुनु भएको थियो । उबाँहरुले क्रमश पन्ध्र सय र एक बजार प्राप्त गर्नु भयो ।



























































