बिर्तामोड, । विश्वकै सबैभन्दा ठुलोमध्येको एक इलेक्ट्रिक दुई पांग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर बिर्तामोडमा आएको छ ।
एक कार्यक्रमका बीच भद्रपुररोडस्थित लक्ष्मण मर्केटमा याडिया कम्पनीका विद्युतीय स्कुटरको बिक्री आजदेखि सुरु गरिएको हो ।
सिटौला इन्टरप्राइजेज झापाले याडियाका विद्युतीय स्कुटरको बिक्री बिर्तामोडमा सुरु गरेको सञ्चालक गंगाप्रसाद सिटौलाले जानकारी दिए ।बिर्तामोडका शोरुममा याडियाको इलेक्ट्रिक साइकल र स्कुटर दुवैको बिक्री सुरु गरिएको सञ्चालक निशा उप्रेतीले जानकारी दिइन् ।
वसन्त पञ्चमीको अवसर पारेर सिटौला इन्टरप्राइजेजको शोरुमको उद्घाटन पनि गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, पूर्वअध्यक्ष बलराम कार्की, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले शोरुमको उद्घाटन गरे ।सोरुममा १ लाख ७० हजारदेखि २ लाख ७५ हजार मूल्यका स्कुटी , ९५ हजार मूल्यका मिनी स्कुटी , ९५ हजार मूल्यकै इलेक्ट्रिक साइकल उपलव्ध रहेको प्रोप्राइटर निशा उप्रेती सिटौलाले बताइन् । ती सवारीसाधनको खरिदमा १५ प्रतिशत छुटको व्यवस्था रहेको उनले जानकारी दिइन् ।
यसअघि सिटौला इन्टरप्राइजेजले नै विगत तनि वर्ष अघिदेखि दमकमा इलेक्ट्रिक बाइकको सोरुम संचालन गर्दै आएको छ । आफूहरुले इलाममा पनि सो सवारीसाधन आपूर्ति गर्दै आएको प्रोप्राइटर सिटौलाले जानकारी दिइन् ।


























































