तेह्रथुम आठराई

२९ औ जनयुद्ध दिवस आठराईको बगाले स्मृति पार्कमा सहिदहरुको सालिकमा माल्यार्पण गर्दै मनाइएको छ। २०५२ साल फाल्गुन १ गते देखि तत्कालिन नेकपा मावोबादिले संघिय गणतान्त्रिक  रास्ट्र निर्माणका लागि सशत्र द्वन्द शुरु गरेको दिनको सम्झनामा हरेक वर्ष जनयुद्ध दिवस मनाउदै आइएको छ। 

मंगलबार नेकपा माओबादी केन्द्र प्रदेस कमिटि सदस्य तथा  आठराई गा.पा.उपाध्य्क्ष वलीराज इङनाम,प्रदेस कमिटि सदस्य नन्द नेपाली,सल्लाहकार सदस्य विजय सागर कन्दङवा  लगायतको उपस्थितिमा जनयुद्ध दिवस मनाइएको थियो। 



उक्त कार्यक्रममा बोल्दै आठराई गाउपालिका उपाध्य्क्ष वलीराज इङनामले  देश र जनताका निम्ति बलिदान दिने सहिदका सपनालाई कहिल्यै पनि भुल्न नहुने र उहाहरुका सपनालाई साकार पार्न सधै लागि रहने बताउनु भयो। 

sekhar