तुलसी सिटौला 

 

विश्व रेडियो दिवस तथा रेडियो आठराईको  पाचौ स्थापना दिवशको अवसरमा आठराई सक्रान्ति बजारका समाजसेवी टासी लामाले रेडियो आठराईलाइ सात थान रेडियोको लोगो अंकित जर्सी प्रदान गर्नु भएको छ। समृद्ध समाज निर्माणका लागि सहयोगी संस्थाद्वारा सन्चालित रेडियो आठराईका अध्यक्ष दिपेश सिटौलालाई करीव १२ हजार बराबरका जर्सी हस्तान्तरण  गर्नुभएको हो । 

जर्सी वितरण पश्चात बोल्दै लामाले संचारको बलियो अनि  पुरानो माध्ययम रेडियो भएको र स्थानीय स्तरमा भएको रेडियोलाई थप हौसला प्रदान गर्नका लागि जर्सी प्रदान गरेको बताउनु भयो।