तुलसी सिटौला (आठराई)
तेह्रथुम जिल्लाको फेदाप गाउपालिका वडा नं ५ इशिबु पन्चमीमा बसन्त पन्चमीको अवसरमा नवज्योति स्पोटिङ क्लबद्वारा आयोजित खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आयोजक A र खेलकुद विकास समिति ओयाक्जुङ भिड्ने भएका छन्। आज सम्पन्न पहिलो सेमीफाइनलमा आयोजक A ले लालिगुरास युवा क्लब सिम्लेलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
त्यस्तै आजै भएको दोस्रो सेमिफाइनलमा आयोजक B लाई सोझो सेटमा पराजित गर्दै खेलकुद विकास समिति ओयाक्जुङ् फाइनलमा आफ्नो स्थान पक्का गरेको हो। फाइनल खेल भोली फाल्गुन २ गते दिउसो हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको बिजेताले नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
माघ २७ गते देखि सुरु भएको मेलाको फाल्गुन २ गते फाइनल खेलको दिन खुल्ला नृत्य प्रतियोगिता र महिलाहरुका लागि म्युजिकल चेयर प्रतियोगिता सन्चालन गरिने बताइएको छ। नृत्य प्रतियोगिताको प्रथम हुनेले रु १५ हजार,ट्रफी र प्रमाण पत्र ,दोस्रोले रु १० हजार सहित ट्रफी र प्रमाण पत्र र तिनवटा नृत्यलाइ पन्ध्र सयका दरले सान्त्वना पुरस्कार प्रदान गरिने नवज्योति स्पोटिङ क्लबका सचिव रण बहादुर थापाले जानकारी दिनु भयो।



























































