तुलसी सिटौला(आठराई)
तेह्रथुमको आठराई गाउँपालिकाले हरेक महिनाको १ गते सार्वजनिक विदा दिने भएको छ । सार्वजनिक विदामा शैक्षिक संस्थाहरू मात्र रहने बताइएको छ । आठराईको केन्द्र सक्रान्ति बजारमा प्रत्येक हप्ताको शनिवार र हरेक महिनाको १ गते इतिहास देखि बजार लाग्दै आइरहेको छ । हरेक महिनाको १ गते सक्रान्तिका दिन ठुलो बजार लाग्ने भएकाले यस ठाउँलाई सक्रान्तिबजार नामाकरण गरिएको थियो ।
यस ऐतिहासिक बजार विस्तारै खस्किदै गएको कुरालाई मध्यनजर गर्दै यसको मुल्य र मान्यतालाई कायम राख्न गाउँ कार्यपालिकाले विदा दिने निर्णय गरेको पालिका अध्यक्ष दिल कुमार पाहिमले जानकारी दिनु भयो ।



























































