बिर्तामोड ।जनतालाई जागरुक गराउन जनवादी कार्यक्रम गर्दा गर्दै तत्कालीन मण्डलेहरुको आक्रमणमा परि शहिद भएका  प्रजापति सापकोटाको स्मृतीमा  झापामा पहिलो पटक जनवादी गीति कार्यक्रम हुने भएको छ ।२०४३ सालमा कम्युनिष्ट पार्टीको निर्देशनमा जनवादी गीत संगीतकासाथ खेलिएको देउसी भैलोकार्यक्रममा तत्कालिन निरङकुश पञ्चायती ब्यवस्थावादी समर्थकहरुको झुण्डले सुनियोजित तवरले आक्रमण गर्दा अग्रज कम्युनिष्ट नेता सापकोटाले साहदत प्रप्त गर्नुभएको थियो ।


शहिद प्रजापति स्मृति प्रतिष्ठानले फागुन २१ को अवसर पारेर जनवादी गीति कार्यक्रमको आयोजना गर्न लागेको आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उक्त कार्यक्रममा जनवादी गायक राजन राईको मुख्य प्रस्तुति रहने जनाईएको छ ।


बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा रहेको प्रतिष्ठानले राष्ट्रिय स्तरको बृहत जनवादी गीति कार्यक्रमको तयारी सुरु गरेको जनाएको छ । पुराना जनवादी गायक राजन राईसहित अन्य कलाकारहरुले जनवादी गीतहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बृहत जनवादी कार्यक्रम सहिद प्रजापति स्मृति प्रतिष्ठान गोल्धाप बजारमा दिउसो ११ बजेवाट सुरुहुँने जनाईएको छ ।


्जनवादी गीत संगीतलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने मुख्य उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । उनका अनुसार यो कार्यक्रमले जनवादी गायन क्षेत्रको पुर्नउत्थानमा ठुला सहयोग हुने अपेक्षा गरिएको छ ।


तत्कालिन पञ्चायतीहरुको आक्रमणबाट ज्यान गुमाएका प्रजापति सापकोटालाई राष्ट्रिय शहिद घोषणा गर्न दवाव दिने मुख्य उद्देश्य रहेको छ । जनवादी कलाकारहरुको मान, सम्मान र महत्वलाई उजागर गर्ने, संस्थाको दीगो विकास र संरक्षण गर्ने, संस्थाको जग्गामा बहुउपयोगी सामुदायिक भवन निर्माणको कार्यलाई सम्पन्न गर्नेर्, े लगायतका उद्देश्य राखेर जनवादी कार्यक्रम आयोजना गरिएको प्रतिष्टठानका सहसचिव अनिल सापकोटाले जानकारी दिए ।


कार्यक्रममा हजारौ दर्शकको उपस्थिति रहने आयोजकले अपेक्षा गरेको छ ।। बिर्तामोडस्थित सनलाइट म्युजिक स्टुडियोको सांगीतिक व्यवस्थापनमा हुने कार्यक्रममा जनवादी गायक राजन राई, मधु गुरुङसहित स्थानीय कलाकारको प्रस्तुति रहने सापकोटाले जानकारी दिए । सोही अवसरमा प्रतिष्ठानका जग्गादाता तथा घटनाका समकक्षी लगायतलाई सम्मान गर्ने, साधारण सदस्य, आजीवन सदस्य, मानार्थ सदस्यको सदस्यता वितरण गर्ने तयारी गरिएको छ ।