काठमडौँ । काठमाडौँमा स्वदेशी र विदेशी ब्रान्डका नक्कली रक्सी बनाउने कारखाना फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित एक घरमा उक्त कारखाना फेला परेको हो ।प्रहरीका अनुसार उनीहरुले विभिन्न ब्रान्डका गणस्तरहीन नक्कली मदिराहरु प्रचलित दरभाउभन्दा कम मूल्यमा बेचविखन गर्दै कालोबजारी गर्ने गरेका थिए । प्रहरीले यसमा संलग्न ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका मनोज खत्री, महेश खत्री, मनिष खत्री र विनोदकुमार कार्की, सिन्धुपाल्चोक घर भएका मोहन खड्का र रोशन कार्की, सिन्धुली घर भएका गौरव तामाङ र लेखविक्रम थापा तथा काठमाडौँ घर भएका सुमन नगरकोटी रहेका छन् ।काठमाडौँ उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी भई रहेको भन्ने गोप्य सूचनाको आधारमा कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले माघ २ गते बिनोद कुमार कार्कीले भाडामा लिई बसेको कोठामा खानतलासी गरेको थियो । सो क्रममा नक्कली खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक मदिरा फेला पारेको थियो । सो क्रममा मदिरा बनाउन प्रयोग गर्ने समानहरु, सगुन ब्राण्डको मदिरा पदार्थ, चिनि-पानी मिश्रीत तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व बिभागको अन्त शुल्कको स्टिकरहरु, लेवलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु लगायत अन्य विभिन्न सामाग्रीहरू फेला पारेको प्रहरीको भनाई छ । प्रहरीले ९ जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर पठाएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
ताजा
आर्मी सामु पुलिस स्तब्ध
नागरिक अधिकार र राज्यको सीमा विषय रेडियोभिजनको कार्यक्रम
चन्द्रगढी महिला गोल्डकपमा आयोजकलाई स्तब्ध पार्दै पुलिसकाे शानदार जित
पत्रकारसँग राइनोज एजुकेसन सर्भिसको एआई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
चन्द्रगढी महिला गोल्डकपमा चर्च ब्वाइजसामु स्तब्ध बन्दै भुटान घर फर्कियो।
वीरगञ्जमा डोजर आतंक : ‘सरकारको दादागिरी शैली’—उमेश डालमिया
चन्द्रगढी महिला गोल्डकपमा रचना रिमालको प्रस्तुति रहने
कला र संस्कृतिको सेतु—कोशी–बङ्गाल उत्सवले जोड्यो मन र सम्भावना