बिर्तामोड । नेपालका लेग स्पिनर सन्दिप लामिछाने र युवा अलराउण्डर गुल्सन झा पाकिस्तान सुपर लिगको ड्राफ्टमा परेका छन् ।   लामिछाने प्लाटिनम समूह र झा गोल्डेन समुुहमा परेको पाकिस्तानी सञ्चार माध्यमले जनाएको छ ।   प्लाटिनम समुहमा पर्नेले १ लाख ३० हजारदेखि १ लाख ७० हजार रुपैयाँ अमेरिकी डलर न्युनतम मूल्य पाउने छन् । यस्तै गोल्डेन समुहमा परेकाले ४० देेखि ५० हजार अमेरिकी डलर पाउने छन्