बेइजिङ । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को तेस्रो फोरमको बुधबार बिहान राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्घाटन गरेका छन् । विश्वका एकसय ४० देशका सरकारी अधिकारी सहभागी सम्मेलनको राष्ट्रपति सीले बीआरआई परियोजनाको मुख्य आठ विषय प्रस्तुत गरेका थिए ।

 सीले सिल्क रोडदेखि भूपरिवेष्टितबाट भू–जडित परियोजनालाई विश्वव्यापी बनाउने लक्ष्यमा अघि बढ्ने योजना रहेको जानकारी दिए । शान्ति, विकास र सहकार्यको परियोजनाले आगामी वर्षहरूमा पूर्वाधार र कनेक्टिभिटीमा काम गर्ने समेत जानकारी दिए ।  फोरमको प्रमुख अतिथिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बोधन गरेका थिए । राष्ट्रपति पुटिनले बीरआई परियोजना विश्वका देश र जनता जनताबिचको सम्बन्ध विस्तार गर्ने परियोजना भएको व्याख्या गरे ।समारोहमा कागजस्थान, इन्डोनेसिया र अन्जेटिना राष्ट्रपतिको सम्बोधन रहेको थियो । दक्षिण एसियाबाट श्रीलङ्का राष्ट्रपति रनिल विक्रमासिंगे, पाकिस्तानका प्रधानमन्त्री अन्वर अल हक ककरलगायतका नेताहरू सहभागी छन् । बीआरआई परियोजनाले १० वर्षको बीचमा १० अर्ब डलरको लगानी गरेको छ भने ३ हजार भन्दा परियोजना सञ्चालन गरेको छ । विश्वका एकसय ५२ देश र ३२ वटा अन्तर्राष्ट्रिय संस्थाहरुसँग समझदारी भएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । पूर्वाधार निर्माणलगायत विकासका कामहरूमा विश्वका यति धेरै देश र संस्थाहरु समेटिएको बीरआरआई परियोजना भएको सञ्चारमाध्यमले जनाएको छ । सो सम्मेलनको समाचार सङ्कलनका लागि चिनियाँ र विदेशी गरी करिब ४ हजार सञ्चारकर्मीहरू बेइजिङमा सहभागी भएका छन् ।