युवा संघको कार्यक्रममा दर्जनाै सवारी साधन ताेडफाेड,एकजना पक्राउ एमालेको शक्तिलाई चिन्न बस्नेतको चुनौती

  • पर्दाफास अनलाइन / असोज २५, २०८०
alt



alt

बिर्तामोड । नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघको कार्यक्रम बिथोल्न आएका पहिचानवादी दलका कार्यकर्तासहितको समुहले युवाहरुले प्रयोग गरेको १३ वटा गाडी र १२ वटा मोटरसाइकल तोडफोड गरेका छन् । 

gadi 1


एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतलाई पहिचानबिरोधी भन्दै पहिचानवादी दलले कार्यक्रममा बस्नेतको उपस्थिती नगराउन आयोजकलाई आग्रह गरेको थियो । पहिचानका लागि युवाले बुधबार बिज्ञप्ती जारी गर्दै बस्नेत सहभागि हुने कार्यक्रमको शसक्त प्रतिरोध गर्ने चेतावनी दिएको थियो । आयोजकले बस्नेत नै प्रमुख अतिथि हुने गरी कार्यक्रम तय गरेको थियो । 

gadi


युवा संघ अर्जुनधाराको अधिवेसन उद्घाटन गर्न बस्नेत आउने पक्का भएपछि पहिचान पक्षधर युवाहरुले दिउँसैदेखी उनी र नेकपा एमालेबिरुद्ध नारावाजी गरेका थिए । स्थितीलाई नियन्त्रणमा लिन प्रशासनले सयौंको संख्यामा शसस्त्र र जनपथ प्रहरी परिचालन गरेको थियो । 

उनीहरुले सडक अवरुद्ध गरेर बस्नेतलाई छेकेपनि बस्नेत उनीहरुको अवरोध छिचोल्दै कार्यक्रमस्थलमा पुगेका थिए । कार्यक्रम सुचारु भएपछि तिनै युवाहरुको समुहले कार्यक्रममा सहभागी हुन आएका युवा संघका नेताले प्रयोग गरेको सवारी साधन तोडफोड गरेका हुन् ।  

yuba


नेता कार्यकर्ता कार्यक्रममा व्यस्त रहेको समयमा पार्किङमा राखिएका सवारीसाधन तोडफोड भएको प्रहरीले जनाएको छ । पहिचानवादीहरुले बा १९ च ५१५१, मे १ च ६८९९, बा ११ च २४५१, बा १८ च १७६८, बा १६ च ८७९९, मे १ च ५७८३, बा २० च ९७२८, बा १३ च ७५६३, प्रदेश १–०४–००१ च ०२८४, प्र ३–०१–०२३ च ८१३३, मे १ च ४४२७, प्र १–०४–००१ च ०१६२ र डब्लु बी ७७ ए १६३७ नम्बरको भारतीय गाडी तोडफोड गरेका छन् । यसैगरी पार्किङ गरिएको १२ वटा मोटरसाइकल तोडफोड गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले सवारी साधन तोडफोडमा संलग्न एकजनालाई पक्राउ गरेको जनाइएको छ  । उनी बिर्तामोडको बिएण्डसी अस्पतालसँग सम्बन्धित रहेको ‘पहिचानका लागि युवा’ का संयोजकसमेत रहेका सामी पालुङवाले जानकारी दिए । उनले बस्नेतको सहभागितामा हुन लागेको कार्यक्रममा अवरोध गर्ने संगठनको नीति मात्र रहेको जानकारी दिए । ‘सहभागीका सवारी साधन तोडफोड गर्ने हाम्रो संगठनको नीति थिएन, त्यो हामीले गरेको होइन, पालुङवाले भने–‘बिक्रम लिम्बु भन्ने साथी पक्राउ परेको सुनेको छु, उनैसँग बयान लिंदा यथार्थ खुल्छ ।’

बिएण्डसीका सञ्चालक दुर्गा प्रसाईँलाई राजधानीको कान्तिपथस्थित होटल यल्लो पगोडमा एमाले समर्थित युवाहरुको एक समुहले केहिदिन पहिला मोसो दलेको थियो । त्यसपछि एमाले नेता बस्नेतले ‘एउटा फटाहालाई युवाहरुले तह लगाएको’ सामाजिक सञ्जालमा लेखेका थिए । 

प्रसाई समर्थकले घटनाको भोलिपल्ट मोसो घटनाको बिरोध गर्दै बिर्तामोडमा  प्रदर्शन गरेका थिए । उनीहरुले बस्नेतको कार्यक्रम झापामा जसरी पनि असफल बनाउने बताएका थिए । पहिचान पक्षधरको बिहीबारको आन्दोलनमा पनि प्रसाई समर्थकको बाक्लो उपस्थिती रहेको थियो । 

एमालेको शक्तिलाई चिन्न बस्नेतको चुनौती

पूर्वमन्त्री तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले नेकपा एमालेको शक्तिलाई चिन्न चुनौती दिएका छन् । राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले युवा संघलाई कम्जोरआँके परणिम जुम्रा मारेझै हुँने चेतावनी दिएका छन् ।

पहिचानवादी र दुर्गा प्रसाई समर्थकहरुको सामान्य विरोधलाई छिचोल्दै बाक्लो सुरक्षाकर्मीका साथ पूर्वमन्त्री तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य बस्नेत कार्यक्रमस्थल पुगेका थिए । उनी आइनपुग्दै र आएपछि पहिचानवादीहरुले अर्जुनधारामा नारावाजी शुरु गरेका थिए ।

नेता बस्नेतले आफ्नो पार्टी पहिचान बिरोधी नभएको समेत बताएका छन् । उनले गणतन्त्रमा गणतन्त्रमा आफ्नो माग राख्न र कार्यक्रम गर्न स्वतत्र रहेको भन्दै उनले केहि अराजक तत्व एमालेको बिरुध लागेको आरोप लगाए । एमाले सधै सत्यको पक्षमा उभिने पार्टी रहेको भन्दै उनले युवा संघले अराजक तत्वलाई ध’लो चटाउने चेतावनी दिएका छन् । 

बस्नेत आउने कार्यक्रममा झडप हुने संभावना बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको  थियो । राजधानीको एक होटलमा बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईलाई कालोमोसो दलेपछि प्रसाई पक्षधरहरुले बस्नेतलाई टार्गेट बनाएका थिए । सोहि योजना अनुसार यनिहरले आक्रमण प्रयास गलरेका छन् । 


सम्बन्धित समाचार
पत्रकारसँग राइनोज एजुकेसन सर्भिसको एआई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
पत्रकारसँग राइनोज एजुकेसन सर्भिसको एआई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिर्तामोड ।  पर्यटन पत्रकार मञ्च झापाको आयोजना र राइनोज एजुकेसन सर्भिस ...

शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

 सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त् ...

तीन जना दिदिबहिनीको शव फेला
तीन जना दिदिबहिनीको शव फेला

रुकुमपश्चिम, चैत ८ गते । आइतबार दिउँसो रुकुमपश्चिमको मुसीकोट नगरपालिका ...

बिर्तामोड वडा नम्बर १ द्वारा उत्कृष्ट कर्मचारी र उत्कृष्ट टोल विकास संस्था सम्मानित
बिर्तामोड वडा नम्बर १ द्वारा उत्कृष्ट कर्मचारी र उत्कृष्ट टोल विकास संस्था सम्मानित

बिर्तामोड, ७ चैत : बिर्तामोड नगरपालिका वडा नम्बर १ ले उत्कृष्ट कर्मचारी तथा ...

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना
जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

काठमाडौँ : गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको वि ...

इलाम २मा नेम्बाङको अग्रता
इलाम २मा नेम्बाङको अग्रता

निर्वाचन अपडेट : इलाम क्षेत्र नं. २ को ताजा परिणामनेपाल कम्युनिष्ट पार्टी ( ...

पर्दाफास प्रकाशन प्रा.लि.

बिर्तामोड-१, झापा, कोशी प्रदेश, नेपाल

विज्ञापनका लागि

९८१५९९९१९०

Email: [email protected]

हाम्रो बारेमा

पर्दाफास अनलाईनले समाजका तमाम बिकृति बिसंगति उजागर गर्ने अभिभारा साथमा लिएर उपस्थित भएको छ । यस अनलाइनले समृद्धी र विकासलाई प्रमुख प्राथमिकता दिने योजना बनाएको छ । अबको यात्रा विकास नै हो । राजनीतिक यात्रा एक अर्थमा समाप्त भइसकेको अवस्थामा समृद्धिलाई प्रमुख प्राथमिकता अनलाइनले दिने छ । साथमा समाजका हरेक गतिविधि समेटिने छ ।

पर्दाफास अनलाईन टीम

  • सञ्चालक : पुष्प बराल
  • कार्यकारी सम्पादक : तुलशी सिटौला
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४१५८-२०८०/२०८१

Copyright © 2023/2026 - Pardafasonline.com - All Rights Reserved.