- काठमाडौँ । भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल महराविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतमा मंगलबार महराविरुद्ध मुद्दा दर्ता भएको हो ।
- प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राहुल महरा भन्ने रेशम महरा, लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता भएकामध्ये निमा छिरिङ फरार छन् । प्रहरीले राहुल महरा लगायतका व्यक्तिहरुलाई भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदावी लिएको छ ।
- मुद्दा दायर भएकाहरुमा बेल्जियन नागरिक दाओजिन वाङलाई आपराधिक विश्वासघात, भन्सार ऐन र संगठित अपराधमा मुद्दा चलाएपनि अन्य तीन जनाको हकमा भने भन्सार ऐन, २०६४ र संगठित अपराधको कसुरमा मात्रै मुद्दा चलाएको हो । भन्सार ऐन, २०६४ को दफा ५७ मा बिगोका रकम हेरी १ करोडदेखि ३ करोडसम्मको बिगो भएमा एक वर्षदेखि ३ वर्षसम्म कैद र ३ करोडभन्दा बढी बिगो भएमा ३ देखि ५ वर्षसम्मको कैद सजाय हुने उल्लेख छ ।
- भेपमा सुन लुकाई ल्याएको प्रकरणमा ८ करोड रुपैयाँभन्दा बढीको बिगो कायम गरिएकाले उक्त मुद्दामा उनीहरु दोषी ठहर भएमा कम्तीमा ३ वर्ष र अधिकतम ५ वर्षको कैद सजाय हुनेछ त्यसबाहेक संगठित अपराधमा पनि उनीहरुको संलग्नता पुष्टी भएमा उनीहरुलाई मुल कसुरमा थप ५० प्रतिशत कैद हुनेछ । यसरी दुवै मुद्दामा दोषी ठहर भएमा अधिकतम साढे ७ वर्ष र न्युनतम साढे ४ वर्षको कैद सजाय हुनेछ ।
ताजा
तेह्रथुम , चुहानडाँडा हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ????????
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा
स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
विश्वकपमा अबको यात्रा यस्तो हुनेछ
बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब १५ करोडको बजेट प्रस्तुत
बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
तेह्रथुम , चुहानडाँडा हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ????????
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा
स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
विश्वकपमा अबको यात्रा यस्तो हुनेछ
बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब १५ करोडको बजेट प्रस्तुत
बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु































































