तेह्रथुम आठराई
तेह्रथुम जिल्ला आठराई गाउँपालिका वडा नं २ खाम्लालुङका पहिरो पिडीत स्व. देवि कुमार थलङको परिवारलाई देश तथा विदेशबाट संकलन भएको राहत रकम मंगलबार हस्तान्तरण गरिएको छ।
दक्षिण कोरियामा कार्यरत नेपालीहरुबाट सुमन हाङस्रोङकाे सक्रियतामा चार लाख तिन हजार तिन सय सोह्र रुपैया र रुद्र फाेम्बाे र रमेस फोम्बोको सक्रियतामा स्वदेश तथा विदेशमा कार्यरत नेपाली सहयोगी हातहरुबाट सङ्कलित दुइ लाख बहतर हजार आठ सय एकाइस, NCC चर्च खम्लालुङ्गको सक्रियतामा रु ११ हजार, दिपा चोङ्वाङ् इङ्नामबाट रु १ हजार गरि जम्मा छ लाख अठासी हजार एक सय सड्तिस रुपैया हस्तान्तरण गरिएको हो।
संकलित रकम आठराई गाउँपालिका २ नं वडा अध्यक्ष भिमवहादुर लिम्बु , १ न वडाध्यक्ष प्रेमराज लिम्बू, ४ नं वडाध्यक्ष खगेन्द्र गुरुङ, ६ नं वडाध्यक्ष कृष्णप्रसाद बास्काेटा ,निवर्तमान ६ न वडाध्यक्ष तेज प्रसाद कन्दङ्वा सहितका जनप्रतिनिधि तथा ईलाका प्रहरी कार्यालय आठराईका प्रमुख प्रहरी निरीक्षक बद्री दाहाल , सशस्त्र प्रहरी बल आठराईका प्रतिनिधि, स्थानीय बुद्धिजीवी ,नागरिक समाज ,सामाजिक व्यक्तित्वहरु लगायत युवाहरुको सामुहिक उपस्थितिमा पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको थियो।
प्राकृतिक विपत्तिमा परिवारलाई केही हद सम्म सहयोग हुने हिसाबले कोरियामा रहनुहुने विभिन्न संघ संस्था एवम् सहयोगीहरुबाट याे राहत रकम उपलब्ध गराईएकाे आठराई २ खाम्लालुङ घर भइ हाल दक्षिण काेरियामा कार्यरत समाजसेवि सुमन हाङ्स्रोङले जानकारी दिनुभएको ।
राहत वितरण कार्यक्रमा बोल्दै समाजसेवि रुद्र फोम्बोले विभिन्न देश विदेशमा कार्यरत नेपालीहरुबाट राहत रकम सङ्कलन गरी पिडीत परिवारको दुखमा केही हद सम्म मलम पट्टी गर्न सहयोग गर्नुहुने सबै सहयोगी मनहरुलाई हृदय देखि नै धन्यवाद दिनुभयो।
गत असार २९ गते दिउसो घर माथीबाट आएको पहिरोले घर पुर्दा ६३ वर्षीय देवी कुमार थलङको मृत्यु भएको थियो। घाइते अवस्थामा रहेका थलङको उपचारको क्रममा निधन भएको हो । पहिरोले घर पूर्ण रुपमा क्षति भइ ८४ वर्षीया जसमाया खापुङ्ग, ६३ वर्षीय गणेश इस्वो, २८ वर्षीय राजेश थलङ र २५ वर्षीया करिना थलङ घाइते भएका थिए।



























































