झापा । इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज युवराज कटुवाल माथि धारिलो हतियार प्रहार भएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं. ९ झरना खोला पुल नजिक मोटरसाइलमा आएका दुई जनाले कटुवालमाथि धारिलो हाते बन्चरो प्रहार गरेका हुन् ।
सडकमा मोटरसाइकल असभ्य ढंगले चलाएको देखेपछि प्रहरी इञ्चार्जले रोकेर सोधपुछ गर्ने क्रममा बञ्चरो प्रहार भएको थियो ।
कटुवालको टाउको र हातमा गहिरो चोट लागेको छ । उनको हातमा दुई र टाउकामा तीन टाका लगाईएको छ। हतियार प्रहार गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही स्थानका अशोक पोखरेल, लक्ष्मण टुडु र अरुण तामाङ छन् । उनिहरुलाई ईप्रका झिलझिलेको हिरासतमा राखिएको छ ।
कटुवाललाई झिलझिलेमा सामान्य उपचार पछि थप उपचारका लागि विर्तामोड स्थित विएडण्सी अस्पताल लगिएको छ ।



























































