बिर्तामाेड । झापाकाे मेचीनगर- १२ धाइजनमा उत्तरबाट दक्षिण आउँदै गरेकाे स्करपियाे अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । 

प्र१-०१-००१च ७६८९ न. को स्कारपियो अनियन्त्रित भई सडक किनारमा पल्टिँदा बिर्तामाेड नगरपालिका- ४ का आयुश गिरी र अर्जुनधारा नगरपालिका ८- का रसिका रिजाल सामान्य घाइते भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

तिब्र गतिमा गुडिरहेकाे स्कर्पियाे आफै अनियन्त्रित भएर सडक छेउकाे रुखमा ठक्कर खाँदै सडक किनारामा पल्टिएकाे प्रहरीकाे भनाई छ । अहिले स्कर्पियाे सडकमा निकाल्ने प्रयास भइरहेकाे घटनासुथलमा रहेका प्रहरी जवान बिमलेस शाहले जनाएका छन् । घाइतेहरुकाे बिर्ता सिटी अस्पतालमा उपचारका लागि पठाएकाे उनले बताए ।